Close

Recent Posts

बजेट, मौद्रिक नीति र अर्थमन्त्रीलाई समेत पत्याएन सेयर बजारले, ६ महिनाको न्युनतम विन्दुमा पुग्दा अरबौं रुपैया गुमाउँदै लगानीकर्ता

बजेट, मौद्रिक नीति र अर्थमन्त्रीलाई समेत पत्याएन सेयर बजारले, ६ महिनाको न्युनतम विन्दुमा पुग्दा अरबौं रुपैया गुमाउँदै लगानीकर्ता

संघद्वारा वैदेशिक रोजगार बोर्डमा रमा खड्का सिफारिस, श्रमिक हितका विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय

संघद्वारा वैदेशिक रोजगार बोर्डमा रमा खड्का सिफारिस, श्रमिक हितका विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय
  • २९ असार २०८३, सोमबार ०७:३४

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको असार २८ गते बसेको कार्यसमिति बैठकले संघकी कार्यसमिति सदस्य रमा खड्कालाई वैदेशिक रोजगार बोर्डको सदस्य पदमा सिफारिस गर्ने निर्णय गरेको छ।

mulpatra

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम संघको सिफारिसमा एक जना महिला सदस्य वैदेशिक रोजगार बोर्डमा रहने व्यवस्था रहेको छ।
बोर्डको अध्यक्ष युवा, श्रम तथा रोजगारमन्त्री रहने तथा संघका अध्यक्ष पदेन सदस्य रहने कानुनी व्यवस्था छ।

रमा खड्का संघकी निवर्तमान कार्यसमिति सदस्यसमेत हुनुहुन्छ। उनी वर्तमान कार्यसमितिमा सर्वाधिक मत प्राप्त गरी निर्वाचित सदस्यहरूमध्ये एक हुनुका साथै कार्यसमितिको पहिलो वैठकबाट नै यूएई देशगत संयोजकको जिम्मेवारीसमेत निर्वाह गर्दै आएकी छिन ।

mulpatra mulpatra mulpatra

संघले वैदेशिक रोजगार क्षेत्रप्रतिको उनको सक्रियता, अनुभव र योगदानलाई मूल्याङ्कन गर्दै बोर्ड सदस्यका लागि सिफारिस गरेको जनाएको छ। उनी वैदेशिक राेजगारी सुरक्षित र व्यवस्थितकाे पक्षमा छिन ।