सरकारकै सहयोगमा राश्वपाकै नेताहरुले शंकास्पद गाडी बाटोमै छाडेको आशंका
काठमाडौं– सोमबार बिहानैदेखि अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि पनि शंकास्पद गाडी पार्किङ गरिएको भेटियो ।

दिउँसो नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ । सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको छ ।
उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले बताएका छन् । स्थानीयले उक्त गाडी छाडेर प्रहरीकै गाडीमा चढेर ती चालक फर्किएको बताए पनि प्रहरीले भने थप अनुसन्धान भइरहेको बताएको छ ।
![]() |
![]() |
![]() |
|---|
भाटभटेनी अनामनगरको गेटमा सवारी साधन तेस्र्याएर आवतजावत ठप्प पार्न खोजिएको थियो । यसविषयमा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले प्रेस नोटमा भनेका छन् ‘विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरिएको र आतंकित पारिएको छ ।’
टेलिभिजनको कार्यालय गेटमा सवारी साधन तेस्र्याएर पत्रकारहरूको आवतजावत ठप्प पारिएको यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको उनको आरोप छ ।
‘स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो । सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने र काममा अवरोध पु¥याउने यो निन्दनीय र रहस्यमय घटनाको भत्र्सना गर्दछौ
Image Source: © https://mulpatra.com
साथै नेपाल पत्रकार महासंघले अघि सारेका मागहरूलाई समेत पूर्ण समर्थन गर्ने कुरा एमालेले राखेको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व केन्द्रीय सदस्य मधुसुदन ढकालले विभिन्न सञ्चार माध्यमका गेट अगाडि शंकास्पद पार्किङ गरेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया अगाडि सोमबार बिहान बेवारिसे अवस्थामा गेटमा गाडी राखिएको थियो । उक्त विषयमा आफ्नो धारणा राख्दै रास्वपा नेता ढकालले ‘अव्यवस्थित पार्किङले कति गार्हो पर्न सक्छ भनेर साङ्केतिक जानकारी दिएको पनि हुन सक्ने’ बताएका हुन् ।
‘पहिलो कुरा त अव्यवस्थित पार्किङले कति गार्हो पर्न सक्छ भनेर साङ्केतिक जानकारी दिएको पनि हुन सक्छ,’ ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘र अर्को कुरा जनताले जे पनि गर्न पाउनुपर्छ भन्दै गर्दा अरूलाई कति अप्ठेरो पर्छ थाहा दिएको पनि हुनसक्छ ।’
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



