Close

Recent Posts

बजेट, मौद्रिक नीति र अर्थमन्त्रीलाई समेत पत्याएन सेयर बजारले, ६ महिनाको न्युनतम विन्दुमा पुग्दा अरबौं रुपैया गुमाउँदै लगानीकर्ता

बजेट, मौद्रिक नीति र अर्थमन्त्रीलाई समेत पत्याएन सेयर बजारले, ६ महिनाको न्युनतम विन्दुमा पुग्दा अरबौं रुपैया गुमाउँदै लगानीकर्ता

विभागको कारवाहीका कारण भारतबाट कामदार नउडाएको फ्युजन म्यानपावरले गुम्यो ‘फ्रि’कै २ डिमाण्ड

ट्राभल पोस्न सेटिङमा डिजी लाग्दा अव्यस्थीत बन्यो बैरो

विभागको कारवाहीका कारण भारतबाट कामदार नउडाएको फ्युजन म्यानपावरले गुम्यो ‘फ्रि’कै २ डिमाण्डट्राभल पोस्न सेटिङमा डिजी लाग्दा अव्यस्थीत बन्यो बैरो
  • २९ असार २०८३, सोमबार १६:०३

काठमाडौं– वैदेशिक रोजगार विभागले बिनाअनुमति भारतीय विमानस्थलबाट कामदार उडाएको र विवरण नबुझाएको कसुरमा झन्डै ६ सय म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।

mulpatra

जसमध्ये केही भारतबाट कामदार नपठाउने म्यानपावर कम्पनी समेत कारवाही अथवा सचेत गराउँदा उनीहरुले फ्रि भिसा र फ्रि टिकटमा ल्याएको डिमाण्ड समेत गुमाउनु परेको छ ।

हाल विभागमा १ हजार १ सय १७ म्यानपावर कम्पनी दर्ता रहेका छन् । विभागले ती मध्ये ५ सय ९८ म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐनका विभिन्न प्रावधान उल्लंघन गरेका कारण असार २६ गतेको निर्णयअनुसार कारबाही गरेको जनाएको छ ।

mulpatra mulpatra mulpatra

५ सय ९८ म्यानपावर कम्पनीलाई सचेत गराएको विभागले त्यसमध्ये ८ वटा कम्पनीलाई दोस्रो पटक प्रत्येकलाई ५० हजार रुपैयाँका दरले जरिवाना समेत गरेको छ ।

भारतबाट एक जना पनि कामदार नउडाएको विवरण बुझाएको फ्युजन इन्टरनेशल प्रालिलाई विभागले सचेत गराउँदा उक्त म्यानपावरले फ्रि भिसा र फ्रि टिकटमा कामदार पठाउने मलेसियाबाट ल्याएको एक कम्पनीको कोटा गुमाउनुपरेको छ ।

फ्युजन म्यानपावरले भारत हुँदै कामदार नपठाएको विवरण विभागमा बुझाएपनि विभागले उक्त म्यापावरलाई सचेत गराउँदा २ सय फ्रि को डिमाण्ड गुमाउनु परेको कम्पनीको गुनासो छ ।

Image Source: © https://mulpatra.com

विभागले ब्लाकलिष्टमा राखेको अथवा सचेत गराएको म्यानपावरको नाम सम्बन्धीत कम्पनीमा अरु म्यानपावर कम्पनीले मेल गरि दिएपछि मलेसियान कम्पनीले तेरो कम्पनी यस्तो छ भने डिमाण्डनै खारेज गरेको कम्पनीले मूलपत्रसँग बतायो ।

विभागले वैदेशिक रोजगार ऐनविपरित आफनो म्यानपावरलाई सचेत गराउन डिमाण्ड गुमाउनु पर्दा नेपालीको रोजगारी समेत गुमेको कम्पनीको भनाइ छ ।

विभागले सञ्चालनमा रहेका १ हजार १ सय १७ वटा इजाजतवाला संस्थामध्ये ६ सय ७८ वटा संस्थाले विवरण उपलब्ध गराएकोमा १५९ वटा संस्थाले विभागको स्वीकृति बिना विदेशी विमानस्थल प्रयोग गरी कामदारलाई वैदेशिक रोजगारीमा पठाएको देखिएको र ४ सय ३९ वटा संस्थाले विभागले मागेको विवरण नपठाई निर्देशन पालना नगरेको जनाएको छ ।

उनीहरूमध्ये १ सय ५६ वटा संस्थालाई विभागको स्वीकृति नलिई भारतबाट कामदार उडाएर ऐनको दफा २२ उल्लंघन गरेको कसुरमा ऐनको दफा ५४ बमोजिम पहिलो पटक सचेत गराउने कारबाही भएको र ४ सय ३४ वटा म्यानपावर कम्पनीलाई दफा ३७ अनुसार पहिलो पटक सचेत गराउने कारबाही गरी पुनः विवरण पठाउन निर्देशन दिएको विभागले जनाएको छ ।

ऐनको दफा ३७ मा विभागले म्यानपावर कम्पनीलाई आवश्यक निर्देशन दिन सक्ने र म्यानपावर कम्पनीहरूले उक्त आदेश तथा निर्देशन पालना गर्नुपर्ने व्यवस्था छ भने दफा ५४ मा आदेश तथा निर्देशन पालना नगर्ने म्यानपावर कम्पनीलाई सचेत गराउनेदेखि लाइसेन्स रद्द गर्नेसम्मको कारबाहीको व्यवस्था छ ।

दफा ५४ मा विभागको आदेश वा निर्देशन पालना नगरेमा हुने सजायको व्यवस्थाअन्तर्गत नियम, आदेश वा निर्देशन पालना नगर्ने इजाजतपत्रवालालाई पहिलो पटक सचेत गराउने, दोस्रो पटक ५० हजार रुपैयाँ जरिवाना गर्ने र तेस्रो पटक पनि कसुर दोहो¥याएमा १ लाख रुपैयाँ जरिवाना गरी इजाजतपत्र रद्द गर्न सकिने व्यवस्था छ । दोस्रो पटक सचेत गराइएका ८ वटा म्यानपावर कम्पनीले पुनः एक पटक आदेश वा निर्देशनको पालना नगरे दफा ३७ को कसुर गरेमा उनीहरू १ लाख रुपैयाँ जरिवानामा परी लाइसेन्स गुमाउने अवस्थामा पुग्नेछन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com