Close

Recent Posts

बजेट, मौद्रिक नीति र अर्थमन्त्रीलाई समेत पत्याएन सेयर बजारले, ६ महिनाको न्युनतम विन्दुमा पुग्दा अरबौं रुपैया गुमाउँदै लगानीकर्ता

बजेट, मौद्रिक नीति र अर्थमन्त्रीलाई समेत पत्याएन सेयर बजारले, ६ महिनाको न्युनतम विन्दुमा पुग्दा अरबौं रुपैया गुमाउँदै लगानीकर्ता

बजेट, मौद्रिक नीति र अर्थमन्त्रीलाई समेत पत्याएन सेयर बजारले, ६ महिनाको न्युनतम विन्दुमा पुग्दा अरबौं रुपैया गुमाउँदै लगानीकर्ता

बजेट, मौद्रिक नीति र अर्थमन्त्रीलाई समेत पत्याएन सेयर बजारले, ६ महिनाको न्युनतम विन्दुमा पुग्दा अरबौं रुपैया गुमाउँदै लगानीकर्ता
  • २९ असार २०८३, सोमबार १५:५५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा निरन्तर ओरालो लाग्ने क्रम सोमबार पनि रोकिएन। साताको पहिलो कारोबार दिन नेप्से ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा बन्द भयो। यससँगै लगातार चौथो कारोबार दिन बजार राताम्मे बनेको छ।

mulpatra

सरकारले बजेटमार्फत शेयर बजारमैत्री सन्देश दिएको दाबी गरे पनि त्यसको प्रभाव बजारमा देखिएको छैन। त्यसपछि सार्वजनिक भएको नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिप्रति समेत लगानीकर्ताले अपेक्षित विश्वास देखाउन सकेका छैनन्। अर्थमन्त्रीले पटक–पटक निजी क्षेत्र र पूँजी बजारलाई प्राथमिकतामा राख्ने अभिव्यक्ति दिए पनि त्यसले लगानीकर्ताको मनोबल उकास्न नसकेको बजारको पछिल्लो प्रवृत्तिले देखाएको छ।

असार महिनामै करिब ९० अंकको गिरावट

mulpatra mulpatra mulpatra

असार सुरु भएयता नेप्से परिसूचक करिब ९० अंकभन्दा बढी घटेको छ। असारको सुरुवाततिर २६६० अंक आसपास रहेको बजार सोमबार २५७०.१८ अंकमा झरेको छ। पछिल्ला केही सातादेखि बजारले लगातार कमजोर प्रदर्शन गरिरहेको छ।

ऐतिहासिक तथ्यांक हेर्दा पछिल्लो करिब तीन महिनामा नेप्से परिसूचक २७७०–२७८० अंकको स्तरबाट झर्दै अहिले २५७० अंकमा पुगेको छ। अर्थात् तीन महिनामा बजारले करिब २०० अंकभन्दा बढी गुमाएको देखिन्छ। यस अवधिमा बजारले बनाएको अधिकांश उकालो मेटिँदै गएको छ।

शेयर कारोबार रकम पनि उल्लेख्य रूपमा खुम्चिएको छ। केही महिनाअघि दैनिक २० अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने बजार अहिले अधिकांश दिन ३ देखि ७ अर्ब रुपैयाँ को दायरामा सीमित हुन पुगेको छ। सोमबार ऋणपत्र कारोबारका कारण कुल कारोबार ७ अर्ब ४६ करोड रुपैयाँ पुगे पनि साधारण शेयर कारोबारको उत्साह अझै कमजोर देखिएको छ।

Image Source: © https://mulpatra.com

लगानीकर्ताको सम्पत्तिमा अर्बौंको क्षति

पछिल्ला केही साताको गिरावटले मात्र लगानीकर्ताको सम्पत्तिमा ठूलो क्षति पुगेको छ। गत साता मात्रै बजार पूँजीकरण करिब ९० अर्ब रुपैयाँले घटेको थियो। त्यसअघि लगातारका साप्ताहिक गिरावटले क्रमशः करिब ५० अर्ब, ४० अर्ब र ४५ अर्ब रुपैयाँ बराबरको कागजी सम्पत्ति घटेको तथ्यांक सार्वजनिक भइसकेको छ। यसले केही सातामै लगानीकर्ताको सम्पत्तिबाट सयौं अर्ब रुपैयाँ बराबरको मूल्य घटेको संकेत गर्दछ।

सोमबारमात्र कारोबार भएका सबै १३ उपसमूहका सूचक ओरालो लागे। व्यापार उपसमूह सबैभन्दा धेरै २.३० प्रतिशतले घट्दा वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा तथा उत्पादन–प्रशोधन समूहमा पनि १ प्रतिशतभन्दा बढी गिरावट आयो। यसले बजारमा बिक्री चाप व्यापक रहेको देखाएको छ।

बजार विश्लेषकहरूका अनुसार लगानीकर्ताले बजेट र मौद्रिक नीतिबाट शेयर बजारलाई प्रत्यक्ष ऊर्जा दिने व्यवस्था अपेक्षा गरेका थिए। तर अपेक्षाअनुसार नीतिगत सुधार नआएपछि बजारमा उत्साह फर्किन सकेको छैन। बैंकिङ प्रणालीमा पर्याप्त तरलता र ब्याजदर घट्दासमेत लगानीकर्ता अझै नयाँ लगानी गर्न हिच्किचाइरहेका छन्।

यसरी बजेट, मौद्रिक नीति तथा अर्थमन्त्रीका सकारात्मक अभिव्यक्तिपछि पनि बजारले विश्वास नदेखाउँदा नेप्सेमा घट्ने क्रम तत्काल रोकिने संकेत देखिएको छैन। अब लगानीकर्ताको ध्यान सरकार र नियामक निकायले ल्याउने थप नीतिगत सुधार तथा बजारप्रति देखाउने व्यवहारमा केन्द्रित भएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com