विश्वमा फुटवलको चर्चा, दशरथ रंगशालामा भने घाँसे मैदान
काठमाडौं– विश्वभर फुटबल विश्वकपको माहौल तातेको छ । शहरदेखि गाउँसम्मका मैदान, फुटसल र चोक–चोकमा फुटबल–प्रेमीहरू फुटबलकै चर्चा र खेलमा व्यस्त देखिन्छन् ।

विश्वभर फुटबलप्रति उत्साह बढिरहेका बेला नेपालको प्रमुख अन्तर्राष्ट्रिय रंगशालाको यस्तो अवस्था चिन्ताजनक बनेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता नहुँदा पनि रंगशालाको नियमित मर्मत, घाँस व्यवस्थापन, सरसफाइ र पूर्वाधार संरक्षणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
तर, नेपालको अन्तर्राष्ट्रियस्तरको प्रमुख फुटबल मैदान दशरथ रंगशाला भने उचित व्यवस्थापन र नियमित मर्मत–सम्भारको अभावमा दयनीय अवस्थामा पुगेको छ ।
![]() |
![]() |
![]() |
|---|
दशरथ रंगशालाको मैदान लामो घाँसले भरिएको छ भने दर्शक बस्ने कुर्सी र गोल पोस्टहरूमा समेत खिया लाग्न थालेको छ । नियमित सरसफाइ, संरक्षण र मर्मत–सम्भार नहुँदा नेपाली खेलकुदको धरोहर मानिने यो रंगशाला जीर्ण बन्दै गएको देखिन्छ ।
गत ११ असारमा अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाबाट निलम्बनमा परेपछि तय भएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हालका लागि स्थगित भएका छन् । तर, रंगशालाको दैनिक व्यवस्थापन, संरक्षण र मर्मत–सम्भारको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भएकाले प्रतियोगिता नहुँदैमा मैदानलाई बेवास्ता गर्न नहुने खेलप्रेमीहरूको भनाइ छ ।
दशरथ रंगशालामा पछिल्लोपटक २६ फेब्रअरी २०२५ मा सम्पन्न चार राष्ट्र सहभागी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो । त्यसयता यहाँ कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुन सकेको छैन ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



