Close

Recent Posts

बजेट, मौद्रिक नीति र अर्थमन्त्रीलाई समेत पत्याएन सेयर बजारले, ६ महिनाको न्युनतम विन्दुमा पुग्दा अरबौं रुपैया गुमाउँदै लगानीकर्ता

बजेट, मौद्रिक नीति र अर्थमन्त्रीलाई समेत पत्याएन सेयर बजारले, ६ महिनाको न्युनतम विन्दुमा पुग्दा अरबौं रुपैया गुमाउँदै लगानीकर्ता

प्रहरीको कुटाइबाट घाइते जेनजी अभियन्ता माजिद प्रहरीको घेरामा उपचारमा, जीवन रक्षा गर्न गरे अपिल

प्रहरीको कुटाइबाट घाइते जेनजी अभियन्ता माजिद प्रहरीको घेरामा उपचारमा, जीवन रक्षा गर्न गरे अपिल
  • २९ असार २०८३, सोमबार १०:४२

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले प्रहरीको कुटपिटबाट घाइते भएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत रहेको जनाउँदै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन सम्बन्धित निकायसँग अपिल गरेका छन्।

mulpatra

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै अन्सारीले आफूलाई शनिबार साँझ कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको दाबी गरेका छन्। उक्त घटनापछि आफू उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको उनले बताएका छन्।

अन्सारीले आफ्नो फेसबुक वक्तव्यमा पक्राउ गर्नुको कारण अहिलेसम्म आफूलाई जानकारी नगराइएको, पक्राउ पुर्जी नदेखाइएको तथा पक्राउको कानुनी हैसियतबारे समेत कुनै स्पष्टता नरहेको उल्लेख गरेका छन्।

mulpatra mulpatra mulpatra

‘मलाई अहिलेसम्म मेरो पक्राउको कारणबारे कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी देखाइएको छ। मेरो पक्राउको कानुनी हैसियतबारे पनि कुनै स्पष्टता छैन,’ उनले लेखेका छन्।

उनले गृहमन्त्री तथा प्रहरी नेतृत्वसँग आफूविरुद्ध गरिएको कारबाहीको कानुनी आधार सार्वजनिक गर्न माग गर्दै आफूलाई लक्षित गरी गैरकानुनी ढंगले कारबाही गरिएको आरोप लगाएका छन्।

अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षाका लागि संघीय संसदका सदस्य, प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय, नागरिक समाज र मानव अधिकार रक्षकहरूलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्।

Image Source: © https://mulpatra.com

उनले वक्तव्यमा भनेका छन्, ‘म सबै सम्बन्धित अधिकारीहरू, संघीय संसदका सबै माननीय सदस्यहरू, प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा सबै मानव अधिकार रक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछु।’

अस्पतालमै प्रहरीको निगरानी रहेको दाबी

अन्सारीनिकट अभियन्ताहरूले अस्पतालमा उपचाररत रहेका उनलाई सादा पोशाक तथा गणवेशका प्रहरीहरूले निगरानीमा राखेको दाबी गरेका छन्। उनीहरूका अनुसार अस्पतालबाट डिस्चार्ज गराएर जिल्ला प्रशासन कार्यालय लैजाने तयारी भइरहेको छ। अन्सारीले भने राष्ट्रिय मानव अधिकार आयोगको प्रतिनिधिको उपस्थितिमा मात्रै प्रशासनसमक्ष उपस्थित हुने आफ्नो अडान रहेको बताएका छन्।

यसैबीच, मानव अधिकार आयोगको टोली अस्पताल पुग्ने तयारीमा रहेको अभियन्ताहरूले जानकारी दिएका छन्।

यस विषयमा गृह मन्त्रालयले भने हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com