Close

Recent Posts

बजेट, मौद्रिक नीति र अर्थमन्त्रीलाई समेत पत्याएन सेयर बजारले, ६ महिनाको न्युनतम विन्दुमा पुग्दा अरबौं रुपैया गुमाउँदै लगानीकर्ता

बजेट, मौद्रिक नीति र अर्थमन्त्रीलाई समेत पत्याएन सेयर बजारले, ६ महिनाको न्युनतम विन्दुमा पुग्दा अरबौं रुपैया गुमाउँदै लगानीकर्ता

खाडीमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गर्ने इरानको चेतावनी

खाडीमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गर्ने इरानको चेतावनी
  • २९ असार २०८३, सोमबार ११:०६

काठमाडौं– इरानले आफ्नो विरुद्ध हुने कुनै पनि सैन्य कारबाहीमा सहयोग गरे वा आफ्नो भूमि तथा सैन्य अड्डा प्रयोग गर्न दिए खाडी क्षेत्रका मुलुकलाई पनि निशाना बनाइने चेतावनी दिएको छ ।

mulpatra

बीबीसी फारसीका अनुसार, अमेरिकाले हालै गरेको आक्रमणपछि इरानको विदेश मन्त्रालयले सोमबार उक्त चेतावनी जारी गरेको हो ।

मन्त्रालयका अनुसार अमेरिकी आक्रमणमा इरानको यातायात सञ्जाल, माछा मार्ने डुङ्गा, मालवाहक जहाज, मौसम विभागका भवन तथा अन्य सरकारी संरचनालाई निशाना बनाइएको छ । इरानले यसलाई गम्भीर युद्ध अपराधको संज्ञा दिएको छ ।

mulpatra mulpatra mulpatra

इरानको सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा विदेश मन्त्रालयले युद्धविराम सम्झौतामा हस्ताक्षर भएको २५ दिन मात्र बित्दा पनि अमेरिकाले सम्झौताका लगभग सबै प्रावधानको खुला उल्लंघन गरेको आरोप लगाएको छ।

विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनअनुसार छिमेकी राष्ट्रहरूको दायित्व कुनै पनि आक्रमणकारी मुलुकलाई आफ्नो भूमि वा सैन्य अड्डा प्रयोग गर्न अनुमति नदिनु रहेको पनि उल्लेख गरेको छ ।

इरानले आफ्नो विरुद्ध हुने आक्रमणमा संलग्न हुने वा सहयोग गर्ने जुनसुकै स्थानलाई आफ्नो सेनाले जवाफी कारबाहीमा निशाना बनाउने चेतावनी दिएको छ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com