Close

Recent Posts

बजेट, मौद्रिक नीति र अर्थमन्त्रीलाई समेत पत्याएन सेयर बजारले, ६ महिनाको न्युनतम विन्दुमा पुग्दा अरबौं रुपैया गुमाउँदै लगानीकर्ता

बजेट, मौद्रिक नीति र अर्थमन्त्रीलाई समेत पत्याएन सेयर बजारले, ६ महिनाको न्युनतम विन्दुमा पुग्दा अरबौं रुपैया गुमाउँदै लगानीकर्ता

विद्यार्थी र कामदार पठाउन ठप्प पारेर कल्सल्टेन्सी र म्यानपावर आन्दोलनमा उत्रिदै

ट्राभल पोस्न बैरो विभागकी डिजिको धम्की व्यवसायीलाई ‘बालेनको मान्छे हुँ के गछौं’

विद्यार्थी र कामदार पठाउन ठप्प पारेर कल्सल्टेन्सी र म्यानपावर आन्दोलनमा उत्रिदैट्राभल पोस्न बैरो विभागकी डिजिको धम्की व्यवसायीलाई ‘बालेनको मान्छे हुँ के गछौं’
  • २९ असार २०८३, सोमबार ११:४७

काठमाडौं– सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै म्यानपावर तथा शैक्षिक कन्सल्टेन्सी व्यवसायीहरूले आफूहरूमाथि दमन भएको आरोप लगाएका छन् ।

mulpatra

उनीहरूले सम्बन्धित निकायसँग संवादमार्फत समस्या समाधान नभए संयुक्त रूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भारतीय विमानस्थलबाट कामदार उडाएको र विवरण नबुझाएको भन्दै झन्डै ६ सय म्यानपावर कम्पनीमाथि गरिएको कारबाहीको विषयमा वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

mulpatra mulpatra mulpatra

आज वैदेशिक रोजगार व्यवसायी संघले डिजी आचार्यलाई यसै विषयमा ज्ञापन पत्र बुझाउने भएको हो ।

हाल विभागकी महानिर्देशक आयार्चले भने जबरजस्ती व्यवसायीलाई वैदेशिक रोजगार ऐनविपरित कारवारी र सिधै प्रधानमन्त्रीको धम्की दिन कारवाहीको चेतावनी दिएको समेत म्यानपावर व्यवसायीले श्रम मन्त्री राम जी यादवसँग गुनासो गरेका थिए ।

वैदेशिक रोजगार ऐनको २४ को दफा (ख)मा श्रम स्वीकृति लिएका कामदार एनओसी र वैदेशिक रोजगार विभागसँग अनुमति लिएर भारतका अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी वैदेशिक रोजगारीमा जान सक्ने व्यवस्था छ ।

Image Source: © https://mulpatra.com

तर विभागकी डिजी मिरा आचार्य र निर्देशकले कृष्णकुमारी गौलीले भारतका अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कामदार पठाउन अनुमति नदिने र उल्टो रोजगारदाता देशसँगै महँगो टिकट कामदारले काट्नुपर्ने अवस्थाको अध्ययन नगरी म्यानपावरमाथि कारवाही गरेको व्यवसायीको आरोप छ ।

भारतका अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कामदार पठाउने अनुमति लिन जाँदा म्यानपावर व्यवसायी तस्करी, मानव बेचबिखनको मुद्धा लगाएर थुनौ भन्दै विभागकी डिजी र निर्देशकले धम्की दिने गरेको व्यवसायीले श्रम मन्त्री रामजी यावदसँगै गुनासो गरिरहेको छन् । तर डिजीले बालेनको मान्छे हुँ भनेपछि श्रम मन्त्री केही भन्ने नसकेको अनुमान व्यवसायीको छ ।

तर बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री कुन कर्मचारी नजिक नहुने र यदि प्रधानमन्त्रीको नाम बेचेर कसैले व्यवसायी धम्काएको पाए कारवाही हुने र यसका लागि अध्ययन गरिने स्रोतले जनाएको छ । यस विषयमा सोध्न फोन गर्दा उनले फोन उठाइनन् ।

कतिपय गन्तव्यमा नेपालबाट प्रस्थान गर्ने टिकट सोही गन्तव्यबाट नेपाल फर्किने टिकटभन्दा करिब तीन गुणासम्म महँगो भएको अवस्थामा असाधारण परिस्थितिलाई मध्यनजर गर्दै नेपाली श्रमिकहरूको हित संरक्षण तथा वैदेशिक रोजगारीलाई निरन्तरता दिन नेपाल सरकारका तत्कालीन परराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयको समन्वयमा श्रम स्वीकृति प्राप्त नेपाली श्रमिकहरूले अतिरिक्त ‘नो अब्जेक्सन लेटर’ बिना नै भारतका अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी गन्तव्य मुलुक जान सक्ने व्यवस्था गरिएको विषयलाई विभागले कारबाहीको हतियार बनाउनु अस्वाभाविक भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

विभागकी डिजी मिरा आचार्यले आफु प्रधानमन्त्री बालेन शाहको मान्छे भएको भन्दै व्यवसायीलाई अप्रत्यक्ष धम्क्याउने गरेको व्यवसायीको गुनासो छ । विभागकी डिजी र निर्देशक कृष्णकुमारी गौली अराजककै कारण कति म्यानपावरले व्यवसायी छाड्ने अवस्थामा पुगेको समेत एक म्यानपावर व्यवसायीको आरोप छ ।

नेपाल सरकारका तत्कालीन परराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयको समन्वयमा श्रम स्वीकृति प्राप्त नेपाली श्रमिकहरूले अतिरिक्त ‘नो अब्जेक्सन लेटर’ बिना नै भारतका अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न अनुमति दिएको थियो ।

साथै शैक्षिक परामर्श केन्द्रका १४ वटा विभिन्न संघसंस्थाले आज सम्बन्धीत निकायलाई ज्ञापनपत्र बुझाउनु भएका छन् । नेपाल शैक्षिक परामर्शका १४ वटा संघ–संस्थाले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

उनीहरुले सरकारको सञ्चालन तथा व्यवस्थापन नियमावली कारण शैक्षिक परामर्श केन्द्र समस्यामा पर्ने धेरैको लगानी फस्ने उनीहरुको विज्ञप्तीमा भनिएको छ ।

सरकार उक्त नियमावली फिर्ता नरेर आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । सरकारले कन्सल्टेन्सीमाथि जबरजस्ती नियमावली ल्याएर व्यवसायीसँगै रोजगारी रोटी खोस्न लागेको भन्दै आन्दोलनमा उत्रिए तयारी गरिरहेका छन् । हिजो केही शैक्षिक परामर्श व्यवसायी यसको संकेत दिएका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com