सन्चारमाध्यम र व्यवसायीलाई आतंकित पार्ने कामको एमालेले गर्यो भत्र्सना
काठमाडौं । नेकपा एमालेले विभिन्न सञ्चारमाध्यमका कार्यालय र व्यवसायीको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरू र व्यवसायीलाई कामा रोक्न खोजेर आतंकित पारिएको भन्दै भर्त्सना गरेको छ ।
आज बिहानैदेखि तिनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय र भाटभटेनी अनामनगरको गेटमा सवारी साधन तेर्स्याएर आवतजावत ठप्प पार्न खोजिएको थियो ।

यसविषयमा एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले प्रेस नोटमा भनेका छन् ‘विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरिएको र आतंकित पारिएको छ ।’
यस्ता कार्य प्रेस स्वतन्त्रतामाथिको प्रहार भन्दै भनिएको छ ‘आज बिहानैदेखि तिनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारी साधन तेर्स्याएर पत्रकारहरूको आवतजावत ठप्प पारिएको यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो।’
![]() |
![]() |
![]() |
|---|
‘स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो। सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने र काममा अवरोध पुर्याउने यो निन्दनीय र रहस्यमय घटनाको भर्त्सना गर्दछौ ।’
साथै नेपाल पत्रकार महासंघले अघि सारेका मागहरूलाई समेत पूर्ण समर्थन गर्ने कुरा एमालेले राखेको छ ।



