मुग्लिन–नारायणगढ सडक खण्ड सवारी सन्चालनमा रोक

मुग्लिन–नारायणगढ सडक खण्ड सवारी सन्चालनमा रोक
  • ३० असार २०८३, मंगलवार ०५:०६

काठमाडौं । अविरल बर्षा पछि मुग्लिन–नारायणगढ सडक खण्ड सवारी सन्चालनमा रोक लागेको छ । चितवन जिल्ला प्रहरी कार्यालयले निरन्तरको बर्षाले केही स्थानमा पहिरो झरिरहेको र सम्भावित दुर्घटनालाई न्युनिकरण गर्न उक्त सडक खण्ड बन्द गरेको जनाएको छ ।

mulpatra

सोमबार साँझ ७ बजे तिर तुइन खोलामा पहिरो खसेको थियो । सोही सडक खण्डमा सेतिदोभानमा पनि पहिरो खसेर बाटो अवरूद्ध भएको थियो ।

पहिरोले बाटो थुनिएको र वर्षा निरन्तर भएका कारण उक्त सडक खण्डमा रहने सबैलाई सुरक्षित रहन समेत जिल्ला प्रशासन कार्यालयले कार्यालयले अनुरोध गरेको छ ।

mulpatra mulpatra mulpatra