बिहान ७ बजेबाट खुल्यो मुग्लिन–नारायणगढ सडक खण्ड
काठमाडौं । अविरल बर्षाका कारण विभिन्न क्षेत्रमा ढुंगा तथा पहिरोका कारण बन्द मुग्लिन–नारायणगढ सडक खण्डमा बिहान ७ बजे देखि सवारी सन्चालन भएका छनर । चितवन जिल्ला प्रहरी कार्यालयले निरन्तरको बर्षाले केही स्थानमा पहिरो झरिरहेको र सम्भावित दुर्घटनालाई न्युनिकरण गर्न उक्त सडक खण्ड बन्द गरेको थियो ।

सोमबार साँझ ७ बजे तिर तुइन खोलामा पहिरो खसेको थियो । सोही सडक खण्डमा सेतिदोभानमा पनि पहिरो खसेर बाटो अवरूद्ध भएको थियो ।
पहिरोले बाटो थुनिएको र वर्षा निरन्तर भएका कारण उक्त सडक खण्डमा रहने सबैलाई सुरक्षित रहन समेत जिल्ला प्रशासन कार्यालयले कार्यालयले अनुरोध गरेको छ ।
![]() |
![]() |
![]() |
|---|



