Close

Recent Posts

व्यवसायी खनालको बैरो विभागकी डिजीलाई डाइगल, ‘फ्रि’को २ सय डिमाण्ड गुम्यो भन्दा खुशी मान्दै निच्च हाँस्ने

व्यवसायी खनालको बैरो विभागकी डिजीलाई डाइगल, ‘फ्रि’को २ सय डिमाण्ड गुम्यो भन्दा खुशी मान्दै निच्च हाँस्ने

आत्मदाह गरेका सर्लाहीका विवेक मण्डलको निधन, तीन दिन तीन जनाले आत्मदाह गरि मृत्युवरण गर्दा सरकार भने मौन

आत्मदाह गरेका सर्लाहीका विवेक मण्डलको निधन, तीन दिन तीन जनाले आत्मदाह गरि मृत्युवरण गर्दा सरकार भने मौन
  • ३० असार २०८३, मंगलवार १०:१०

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ४२ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका विवेश मण्डलको निधन भएको छ। गम्भीर रूपमा जलेका उनलाई प्राथमिक उपचारपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल ल्याइएको थियो।

mulpatra

मण्डलले गत शुक्रबार दिउँसो करिब १ः३० बजे आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उनको उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएको थियो। शरीरको अधिकांश भाग जलेर अवस्था गम्भीर बनेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं रिफर गरिएको थियो।

मण्डल महोत्तरीको गौशालास्थित एक सरकारी विद्यालयमा अस्थायी शिक्षकका रूपमा कार्यरत थिए। स्नातकोत्तर उत्तीर्ण गरेका मण्डल करिब छ महिनाअघि अस्थायी जागिर गुमाएपछि तनावमा परेको परिवारले जनाएको छ ।

mulpatra mulpatra mulpatra

यो घटना राजधानी काठमाडौंमा मुगुका गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि उपचारकै क्रममा निधन भएको भोलिपल्टै भएको थियो। शनिवार नै काठमाडौंको बुद्धनगरमा आत्मदाह गरेका व्यवसायी आश्विन राउतको समेत निधन भएको थियो । लगातार दुई दिनमा भएका यस्ता घटनाले बेरोजगारी, आर्थिक असुरक्षा, मानसिक स्वास्थ्य र सामाजिक सुरक्षाको अवस्थाबारे गम्भीर बहस सिर्जना गरेको छ।

लगातार भइरहेको आत्मदाह प्रयासका कारणबारे प्रहरीले अझै आधिकारिक निष्कर्ष निकालिसकेको छैन। तीन दिनमा ३ जनाको आत्मदाह गरि निधन हुँदा सरकार भने मौन बसेका कारण आम मानिसमा सरकारप्रति समेत प्रश्न चिन्ह खडा गरेको छ ।