व्यवसायी खनालको बैरो विभागकी डिजीलाई डाइगल, ‘फ्रि’को २ सय डिमाण्ड गुम्यो भन्दा खुशी मान्दै निच्च हाँस्नेडिमाण्ड गुम्योभन्दा किन रमाइन त महानिर्देशक ?
काठमाडौं– वैदेशिक रोजगार विभागले बिनाअनुमति भारतीय विमानस्थलबाट कामदार उडाएको र विवरण नबुझाएको कसुरमा झन्डै ६ सय म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।

जसमध्ये केही भारतबाट कामदार नपठाउने म्यानपावर कम्पनी समेत कारवाही अथवा सचेत गराउँदा उनीहरुले फ्रि भिसा र फ्रि टिकटमै ल्याएको डिमाण्ड गुमाउनु परेको छ ।
भारतबाट एक जना पनि कामदार नउडाएको विवरण बुझाएको फ्युजन इन्टरनेशल प्रालिलाई विभागले सचेत गराउँदा उक्त म्यानपावरले फ्रि भिसा र फ्रि टिकटमा कामदार पठाउने मलेसियाबाट ल्याएको एक कम्पनीले खारेज गरिदियो ।
![]() |
![]() |
![]() |
|---|
यो समस्या सुनाउन फ्युजन इन्टरनेशल प्रालिका सञ्चालन कुमुद खनाल हिजो दिउँसो ३ बजे वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यको कार्यकक्षमा पुगे ।
वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिसँग विभाग पुगेका खनालले आफनो समस्या र भारतबाट कामदार नपठाएको विवरण बुझाउदा समेत आफनो म्यानपावरलाई विभागले सचेतको कारवाही गर्दा २ सय ‘फ्रि’मा कामदार पठाउन ल्याएको डिमाण्ड गुमेको गुनासो गरे । उनको यो गुनासोलाई विभागकी डिजी आचार्यले आफनो ठुलो सफलता जस्तो मान्दै हास्नि ।
उनी हाँसेपछि व्यवसायी खनाल रिसाउँदै कसरी व्यवसाय गरेर खानु । तपाईले कानुन मिचेर मैले सञ्चालन गरेको म्यानपावरलाई भारत हुँदै कामदार नपठाएपनि सचेत कारवाही गर्नु भयो भन्दै खनालले गुसानो पोखे । ‘मलाई मलेसिया फ्रि भिसा र फ्रि टिकटमै दिएको डिमाण्ड खारेज गरेको छ । त्यो डिमाण्डको क्षतिपूर्ति कसले दिन्छ । तपाईले हचुवाका भरमा कारवाही गर्दा २ सय रोजगारी गुम्यो ।’ उनले भने ।
Image Source: © https://mulpatra.com
म्यानपावरले गल्ती नै नगरी कारवाही गर्दा डिमाण्ड गुम्यो । अब तपाईले गल्तीबिना कारवाही गर्दा मेरो डिमाण्ड गुम्यो । यसको क्षतिपूर्ति र कारवाही तपाईलाई हुन्छ की हुँदैन । यही हो व्यवसायी चलाउने कानुनी राज्य भनेको डिजीको नजरमा खनालको प्रश्न थियो ।
खनालको प्रश्नको सहजै उत्तर दिदै डिजीले भनिन् । मन्त्री ज्यूसँग कुरा गर्छु । त्योभन्दा उपाय छैन । मन्त्रीले मान्नु भयो भने केही हेरफेर गरौला भनेपछि खनालले फेरी प्रतिप्रश्न गरे । मैले कामदार पठाएको केही प्रमाण छ कारवाही गर्नु होस । तर डिमाण्डको गुमेको क्षतिपूर्ति चाहिन्छ । कहाँ भन्ने हुन्छ त्यही जान्छु । तर न्याय चाहिन्छ ’ खनालले भने ।
फ्युजन म्यानपावरले भारत हुँदै कामदार नपठाएको विवरण विभागमा बुझाएपनि विभागले उक्त म्यापावरलाई सचेत गराउँदा २ सय फ्रि को डिमाण्ड गुमाउनु परेको कम्पनीको गुनासो छ ।
विभागले ब्लाकलिष्टमा राखेको अथवा सचेत गराएको म्यानपावरको नाम सम्बन्धीत कम्पनीमा अरु म्यानपावर कम्पनीले मेल गरि दिएपछि मलेसियान कम्पनीले तेरो कम्पनी यस्तो छ भने डिमाण्डनै खारेज गरेको खनालले बताए ।
विभागले वैदेशिक रोजगार ऐनविपरित आफनो म्यानपावरलाई सचेत गराउन डिमाण्ड गुमाउनु पर्दा नेपालीको रोजगारी समेत गुमेको कम्पनीको भनाइ छ ।
हाल विभागमा १ हजार १ सय १७ म्यानपावर कम्पनी दर्ता रहेका छन् । विभागले ती मध्ये ५ सय ९८ म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐनका विभिन्न प्रावधान उल्लंघन गरेका कारण असार २६ गतेको निर्णयअनुसार कारबाही गरेको जनाएको छ ।
५ सय ९८ म्यानपावर कम्पनीलाई सचेत गराएको विभागले त्यसमध्ये ८ वटा कम्पनीलाई दोस्रो पटक प्रत्येकलाई ५० हजार रुपैयाँका दरले जरिवाना समेत गरेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



