धितोपत्र बोर्ड घेर्न पुगेका लगानीकर्ताको माग– क्यापिटल मार्केट रेस्क्यु प्लान सार्वजनिक गरियोस्
काठमाडौं । सेयर बजार लगातार ओरालो लागेपछि आक्रोशित लगानीकर्ताहरूले मंगलबार नेपाल धितोपत्र बोर्ड (सेबोन) को केन्द्रीय कार्यालय घेराउ गर्दै तत्काल ‘क्यापिटल मार्केट रेस्क्यु प्लान’ सार्वजनिक गर्न माग गरेका छन्।

तिलक कोइरालाको नेतृत्वमा बोर्ड पुगेका लगानीकर्ताहरूले बजार सुधारका लागि ठोस योजना सार्वजनिक नभएसम्म दबाब जारी रहने चेतावनी दिएका छन्। आन्दोलनका क्रममा बोर्ड परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भने लगानीकर्तालाई गेटभित्र प्रवेश गर्न दिइएको थिएन।
आन्दोलनका संयोजक कोइरालाले सेबोन अध्यक्ष डा। गोपाल प्रसाद भट्टसँग टेलिफोनमार्फत तत्काल रेस्क्यु प्लान सार्वजनिक गर्न आग्रह गर्दै आजै स्पष्ट प्रतिबद्धता आए आन्दोलन स्थगित गर्न सकिने बताए।
![]() |
![]() |
![]() |
|---|
अन्यथा पुनः थप लगानीकर्तालाई सहभागी गराई आन्दोलन चर्काउने चेतावनी दिँदै उनले पुँजीबजारका समस्या समाधानका लागि ब्रोकरसँग मात्र होइन, प्रत्यक्ष लगानीकर्तासँग पनि संवाद गर्नुपर्ने धारणा राखे। सोमबार नेप्से परिसूचक ३०.६० अंकले घटेर २,५७० बिन्दुमा झरेपछि लगानीकर्ताहरू बजार सुधारको मागसहित आन्दोलनमा उत्रिएका हुन्।



