Close

Recent Posts

व्यवसायी खनालको बैरो विभागकी डिजीलाई डाइगल, ‘फ्रि’को २ सय डिमाण्ड गुम्यो भन्दा खुशी मान्दै निच्च हाँस्ने

व्यवसायी खनालको बैरो विभागकी डिजीलाई डाइगल, ‘फ्रि’को २ सय डिमाण्ड गुम्यो भन्दा खुशी मान्दै निच्च हाँस्ने

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैनः निश्कल राई

श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैनः निश्कल राई
  • ३० असार २०८३, मंगलवार १२:३५

काठमाडौं — नेपाली कांग्रेसका प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य निश्कल राईले प्रधानमन्त्री बालेन शाह माथि निरंकुश शैली अपनाउँदै प्रश्न गर्न नदिने वातावरण सिर्जना गरेको आरोप लगाएका छन्। उनले संसद् बैठकमा बोल्दै प्रधानमन्त्री शाहलाई व्यंग्य गर्दै ‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन’ भन्ने टिप्पणी गरे।

mulpatra

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राईले लोकतन्त्रको मूल आधार नै सरकारमाथि प्रश्न गर्ने अधिकार भएको उल्लेख गर्दै अहिले भने सरकार आलोचना र प्रश्नबाट भाग्न खोजिरहेको आरोप लगाए। उनले कुनै समय अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउने बालेन शाह अहिले प्रधानमन्त्री बनेपछि फरक व्यवहार देखाइरहेको दाबी गरे।

‘जुन युवाले प्रश्न गर्ने अधिकारका लागि आन्दोलन गर्‍यो, आज त्यही युवालाई प्रश्न गर्नबाट वञ्चित गरिएको छ’, राईले संसद्मा भने, ‘यो लोकतन्त्रको लागि गम्भीर चिन्ताको विषय हो।’

mulpatra mulpatra mulpatra

राईले सरकार क्रमशः निरंकुश बन्दै गएको आरोप लगाउँदै सत्ताउन्मादका कारण लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भइरहेको बताए। उनले सत्ता पक्षका सांसदहरू समेत बोल्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गर्दै, ‘सत्तापक्षका सांसदहरूको मुखमा टेप लागेको छ,’ भने।

उनले राज्य सञ्चालनमा अनधिकृत व्यक्तिहरूको प्रभाव बढ्दै गएको आरोप पनि लगाए। सुरक्षा घेराभित्र बसेर केही अनधिकृत पात्रहरूले राज्य संयन्त्र सञ्चालन गरिरहेको दाबी गर्दै त्यसले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाएको उनको भनाइ थियो।