रौतहटमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौं ल्याइयो, वीरको आइसीयूमा भर्ना

रौतहटमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौं ल्याइयो, वीरको आइसीयूमा भर्ना
  • ३१ असार २०८३, बुधबार १२:५६

काठमाडौं– आफ्नै शरीरमा आगो लगाएका रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका गौतमकुमार सहनीलाई काठमाडौं ल्याइएको छ । उनलाई वीर अस्पतालको आइसीयूमा राखेर उपचार थालिएको परिवारका सदस्यले जानकारी दिए ।

mulpatra

मंगलबार राति करिब १ बजे २८ वर्षीय सहनीले आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगलागीबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको बताइएको छ ।

घाइते सहनीलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो । अस्पतालबाट बिहान करिब ४ बजे प्रहरीलाई सूचना प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको कमाण्डमा टोली घटनास्थल र अस्पतालमा खटिएको थियो ।

mulpatra mulpatra mulpatra

प्रारम्भिक उपचारपछि सहनीलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाडौँ रिफर गरिएको थियो । यद्यपी उनलाई वीरमा भर्ना गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

सहनीलाई एम्बुलेन्समा हालेर काठमाडौं ल्याइएको हो । उनलाई राति ४ बजे नै हिँडाइएको थियो ।