Close

Recent Posts

‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने सेबोनको घोषणा

‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने सेबोनको घोषणा
  • ३१ असार २०८३, बुधबार १९:२२

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ । सेबोनले बजारको सुधारका कार्य अगाडि बढाउन यस्तो फोर्स गठन गर्न लागेको हो ।

mulpatra

सेबोनले आर्थिक वर्ष २०८३–८४ को पुँजी बजार नीति सार्वजनिक गर्दै ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने जनाएको हो ।

जहाँ भनिएको छ– नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससी मर्चेन्ट बैंकर एसोशियसन, स्टक ब्रोकर एसोशियसन अफ नेपाल, क्रेडिट रेटिङका प्रतिनिधि र विशिष्टिकृत कोष व्यवस्थापकका प्रतिनिधि रहने गरी ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गरी पुँजी बजार सुधार कार्य अगाडि बढाउने व्यवस्था मलिइनेछ ।

mulpatra mulpatra mulpatra

पछिल्लो समय पुँजी बजारको दायरा फराकिलो हुँदै गएको र लगानीकर्ताहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेकोमा बोर्डको आन्तरिक संरचना, कानुनी दायरा र नियमन क्षमतालाई थप बलियो बनाउन टास्क फोर्सले महत्त्वपूर्ण भूमिका खेल्ने सेबोनको भनाई छ ।