प्रदेश सरकारमा एमालेसँग गठबन्धन तोड्दै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेस र एमाले गठबन्धन गर्दै बनाएका प्रदेश सरकारबाट नेपाली कांग्रेस पछि हट्ने भएको छ । नेपाली कांग्रेसले सातवटै प्रदेशबाट आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने बारे छलफल भएको जनाएको छ ।

प्रदेश सरकारहरूमा नेकपा एमालेले देखाएको व्यवहार चित्तबुझ्दो नभएको ठहर कांग्रेसले गरेको छ ।
आजै कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीहरूले संयुक्त राजीनामा दिएका थिए । यता सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीलाई कांग्रेस मुख्यमन्त्री कमलबहादुर शाहीले बर्खास्त गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|
पटकपटक शीर्ष नेताहरूबीच भएको छलफलमा सहमति नभएपछि कांग्रेसले एमालेसँगको सहकार्य तोड्ने भएको एक शिर्ष नेताले जानकारी गराएका छन् ।
सातवटै प्रदेशमा नेकपा एमाले र कांग्रेसको सहकार्यमा प्रदेश सरकार गठन भएका छन् । अन्तिम समझदारी नभए सातै प्रदेशबाट कांग्रेस पछि हट्ने गरि तयार रहेको समेत जनाइएको छ ।



