Close

Recent Posts

बालेन नेपाली हिटलरः महन्थ ठाकुर

बालेन नेपाली हिटलरः महन्थ ठाकुर
  • ३१ असार २०८३, बुधबार १८:२८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीको कडा आलोचना गर्दै उनलाई ‘नेपाली हिटलर’को संज्ञा दिएका छन्।

mulpatra

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै ठाकुरले सरकारले जनतालाई दिएका कुनै पनि प्रमुख आश्वासन पूरा गर्न नसकेको आरोप लगाए। उनले ट्रेड युनियन, विद्यार्थी संगठनलगायत संगठित संस्थामाथि सरकारले हस्तक्षेप गर्दै आएको दाबी गर्दै “उसले जे बोल्छ, त्यही ठीक र जे गर्छ, त्यही कानुन भएको अवस्था देखिएको छ,” भने। सरकारको शैली लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको उनको आरोप थियो।

ठाकुरले सरकारको नीतिका कारण व्यवसायी पलायन हुन थालेको, राजनीतिक दलका नेताहरू समेत असुरक्षित महसुस गरिरहेको तथा देशको आर्थिक अवस्था झन् कमजोर बन्दै गएको दाबी गरे। शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी विद्यालय (बोर्डिङ स्कुल) तथा नर्सिङ होममाथि भइरहेको कडाइले लाखौँ विद्यार्थी, शिक्षक र स्वास्थ्यकर्मीको भविष्य प्रभावित हुने चेतावनी दिँदै उनले कर्मचारी प्रशासनमाथि भइरहेको हस्तक्षेपले आन्दोलनको अवस्था सिर्जना भएको आरोप पनि लगाए।

mulpatra mulpatra mulpatra

सरकारले निजी क्षेत्र र संगठित संस्थासँग सहकार्यको वातावरण बनाउन नसके देशले थप आर्थिक तथा सामाजिक संकट सामना गर्नुपर्ने उनको भनाइ थियो।