Close

Recent Posts

प्रधानमन्त्री शाह र गभर्नरबीच भेट, शेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

प्रधानमन्त्री शाह र गभर्नरबीच भेट, शेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल
  • ३२ असार २०८३, बिहीबार १५:००

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बिहीबार भेटवार्ता गरेका छन् ।

mulpatra

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र गभर्नर पौडेलबीच भेटवार्ता भएको हो ।

भेटमा मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था तथा त्यससँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।

mulpatra

भेटमा वित्तीय क्षेत्रको स्थायित्व, बैंकिङ प्रणालीको सुदृढीकरण तथा शेयर बजारको अवस्थाबारे समेत छलफल भएको जनाइएको छ ।