Close

Recent Posts

आँखामा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिए कन्सल्टेन्सी व्यवसायी

आँखामा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिए कन्सल्टेन्सी व्यवसायी
  • ३२ असार २०८३, बिहीबार १३:४१

काठमाडौं– सरकारले जारी गरेको शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन (शैक्षिक कन्सल्टेन्सी) नियमावली २०८३ प्रति व्यवसायीहरुले असन्तुष्टि जनाउँदै विरोध जनाउँदै आएका थिए ।

mulpatra

१४ वटा छुट्टाछुट्टै छाता संस्थाहरुले संयुक्त आन्दोलनका घोषणा गदै जारी गरेको विज्ञप्तिमा शैक्षिक कन्सल्टेन्सी व्यवसायको चाबी सरकारलाई बुझाएर सडक आन्दोलनमा उत्रने चेतावनी हिजो मात्र दिएका व्यवसायीले आजदेखि आँखामा कालोपट्टी बाँधेर आन्दोलन सुरु गरेका छन् ।

सरकारको नियमावली सच्याउन मात्र गदै आँखामा कालोपट्टी बाँधेर सांकेतिक विरोध प्रदर्शन सुरु गरेको एनइसिएका अध्यक्ष भुपेन्द्र सिटौलाले जानकारी दिए ।

mulpatra

सरकारले आफ्ना जायज मागप्रति बेवास्ता गरेको, संवादको वातावरण नबनाएको तथा व्यवसाय सञ्चालनमा समस्या सिर्जना गर्ने निर्णयहरू फिर्ता लिनुपर्ने माग उनको छ । ‘सरकारकै कारण कालोपट्टी बाँधेर प्रदर्शन गर्नुपर्ने अवस्था आयो । आफ्ना मागहरू तत्काल सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने छौ ।’ उनले भने ।

नियमावलीमा कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिका यस्तो व्यवस्था थिएन । व्यवसायीले धरौटीको सट्टा विद्यार्थीको आर्थिक र शैक्षिक हित संरक्षणका लागि प्रभावकारी ‘बिमा प्रणाली’ र क्षतिपूर्ति संयन्त्र लागू गर्न व्यवसायीको माग छ ।

Image Source: © https://mulpatra.com