Close

Recent Posts

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

कतारका विदेश राज्यमन्त्री मुरैखी काठमाडौंमा

कतारका विदेश राज्यमन्त्री मुरैखी काठमाडौंमा
  • ८ मंसिर २०८०, शुक्रबार १४:२७

काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखी नेपालको औपचारिक भ्रमणमा आएका छन्। बिहीबार अपराह्न उनी काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनलाई त्रिभुवत अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल तथा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अलि अल अन्सारी तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए।

mulpatra

राज्यमन्त्री मुरैखीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विदेश राज्यमन्त्री अल मुरैखी परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गरेर आज नै स्वदेश फर्किनेछन्।

mulpatra mulpatra mulpatra