भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा

भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा
  • ११ मंसिर २०८०, सोमबार ०८:५९

त्रिवेणी (रुकुम पश्चिम), ८ मंसिर । भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ ।

mulpatra

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा बिरामीका लागि चिकित्सकको समूह टोल–टोलमा पुगेर विभिन्न संस्थाको सहयोगमा भूकम्पपीडितलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो ।

दुई दिन सञ्चालन भएको स्वास्थ्य शिविर बिहीबार सम्पन्न भए पनि विभिन्न संघसंस्थाको सहयोगमा भूकम्पपछिको मानसिक तनाव कम गर्न प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शको काम जारी रहेको आठबीसकोट नगरपालिकाका स्वास्थ्य संयोजक प्रेमप्रकाश रोकायले जानकारी दिए । उनका अनुसार दुई दिन लगाएर भूकम्पले बढी प्रभावित पारेको क्षेत्र वडा नं ९, १०, ११, १२, १३ र १४ मा घाइते तथा बिरामीको निःशुल्क स्वास्थ्य चाँज तथा बिरामीलाई आवश्यक औषधि पनि उपलब्ध गराइएको हो ।

mulpatra mulpatra mulpatra

नगरपालिकामा दुई दिन सञ्चालन गरिएको शिविरमा जाँच गरिएका घाइते तथा बिरामीमा कुनै न कुनै खालको समस्या देखिएको रोकायले बताए । नगरपालिकामा बढी प्रभावित वडा नं ९ देखि १४ सम्मका घाइते, बिरामी तथा सर्वसाधारणको जाँच गर्दा ज्वरो, रुघाखोकी, पखाला, शरीर दुख्नेदेखि मानसिक समस्यासम्म देखिएको उनले जानकारी दिए ।