भारतद्वारा सुन र चाँदी आयातमा उच्च कर वृद्धि, नेपालबाट तस्करीको जोखिम बढ्ला ?
काठमाडौं– प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई एक वर्षसम्म सुन नकिन्न अपील गरेको केही समयमै भारत सरकारले सुन र चाँदीको आयात शुल्कमा ठूलो वृद्धि गरेको छ ।

बुधबार जारी गरिएको सूचना अनुसार सरकारले सुन र चाँदीमा लाग्दै आएको ६ प्रतिशत आयात शुल्कलाई बढाएर १५ प्रतिशत पु¥याएको छ ।
सरकारले १० प्रतिशत आधारभूत भन्सार शुल्क र ५ प्रतिशत कृषि पूर्वाधार एवं विकास उपकर लगाएको हो । यो निर्णयसँगै भारतमा आयात हुने सुन र चाँदीका गहनाहरू व्यापारी, सुनचाँदी व्यवसायी र अन्ततः आम उपभोक्ताका लागि निकै महँगो हुने निश्चित देखिएको छ ।
![]() |
![]() |
![]() |
|---|
सुन र चाँदीको आयात शुल्क बढाउनुको पछाडि मूल्य मात्र नभई भारतीय अर्थतन्त्रमा परेको चौतर्फी दबाब मुख्य कारण रहेको देखिन्छ। कच्चा तेलपछि भारतको आयात खर्चमा सुनको हिस्सा सबैभन्दा ठूलो रहेको छ ।
सन् २०२५–२६ मा भारतको सुन आयात ७१ अर्ब डलर (अहिलेको भाउमा १ नील ९ खर्ब नेपाली रुपैयाँ हाराहारी) नाघेको छ ।
लगानीकर्ताहरूले सुनलाई सुरक्षित लगानी मानेर खरिद बढाउँदा अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य बढेको छ, जसले गर्दा भारतको आयात बिलमा थप भार थपिएको छ ।
Image Source: © https://mulpatra.com
सुन खरिदका लागि भारतले ठूलो मात्रामा वैदेशिक मुद्रा खर्च गर्नुपर्छ जसले विदेशी मुद्रा भण्डार घटाउनुका साथै डलरको तुलनामा भारतीय रुपैयाँलाई थप कमजोर बनाउँछ ।
नेपालमा के असर पर्छ ?
छिमेकी भारतमा सुन चाँदीको भन्सारमा भएको उच्च कर बृद्धिको असर नेपालले पनि भोग्नुपर्ने हुनसक्छ । भारतीय बजारमा सुनचाँदी महँगो भएपछि सीमावर्ती इलाकामा नेपालबाट तस्करी हुने जोखिम बढ्छ । विगतमा पनि यस्ता घटनाहरु बारम्बार हुने गरेका थिए ।
यदी भारतीय नागरिकले नेपाली बजारबाट सुन किन्न थाले भने नेपालले पनि भन्सार दर बढाएर भारतको हाराहारी मूल्य तय गर्नुको विकल्प रहँदैन । किनकी, नेपालसँग पनि सुनको असीमित आयात गर्ने छुट र सामथ्र्य छैन ।
यद्यपि, अचेल सुन निकै महँगो भएका कारण नेपाली बजारमा यो पहेँलो धातुको विक्री ह्वात्तै घटेको बताइँदै आएको छ । नेपालीहरुले बेच्नमा मात्रै ध्यान दिएको सुन विक्रेताहरु किन्न हिचकिचाइरहेका छन् । तर भारतीय बजारमा केही मात्रामा सुन खपत भएमा नेपाली सुनचाँदी व्यवसायीलाई भने लाभ हुनसक्ने एक व्यवसायी बताउँछन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



