Close

Recent Posts

वैदेशिक रोजगार विभागको फेमिसंमा महिनैपच्छिे समस्या हुँदा रोकिए कामदार

वैदेशिक रोजगार विभागको फेमिसंमा महिनैपच्छिे समस्या हुँदा रोकिए कामदार
  • ११ मंसिर २०८०, सोमबार १०:१६

वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि प्रयोगमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिसं)मा महिनैपच्छिे समस्या देखिन थालेको छ । स्वीकृतिमा ढिलाइ भएपछि वैदेशिक रोजगारमा जाने कामदार र उनीहरूलाई पठाउने व्यवसायीले निराशा व्यक्त गरिरहेका बेला विभागले समस्या समाधान नभएको बताएको हो ।

mulpatra

विभागका कम्प्युटर इन्जिनियर नरेन्द्रप्रसाद दासले प्रणालीमा समस्या उत्पन्न भएका कारणले व्यवसायी तथा कामदारलाई भएको असुविधाप्रति विभाग क्षमाप्रार्थी भएको बताए पनि प्रणालीमा देखिएको समस्याको कहिले समाधान हुन्छ भन्नेबारे केही बताएका छैनन् । प्रणालीमा समस्या देखिएको समय डेढ महिनाभन्दा बढी भइसकेको छ । प्रणालीमा फाइल अपलोड नहुने र पटक–पटक (इरर) देखाउने समस्या बढेको हो ।

अनलाइन प्रविधिका माध्यमबाट सेवा प्रवाहमा चुस्तता ल्याएको भन्दै विगतमा अनुकरणीय सरकारी कार्यालयको सार्वजनिक परिचय बनाएको ताहाचलमा लामो समससम्म सामान्य लाग्ने समस्याको समाधान नहुँदा धेरैले विभागका महानिर्देशक मदन दहालको कार्यक्षमतामा नै प्रश्न उठाएका छन् ।

mulpatra mulpatra mulpatra

प्रणालीमा समस्या आएपछि मर्मतका लागि विभागका आईटी इन्जिनियरहरूले लामो मिहेनत र प्रयास गरेपनि समस्या समाधान नभएपछि विभागले शुक्रबार सूचना प्रकाशित गरी फाइल अपलोड गर्दा समस्या आएकोले अर्को सूचना प्रकाशित नभएसम्म श्रम स्वीकृतिका लागि कुनैपनि फाइल अपलोड नगर्न आग्रह गरेको हो । खासगरी अनलाइन प्रणालीबाट चाहेको समयमा भौतिक उपस्थिति बिना नै श्रम स्वीकृति पाउने विश्वासमा र कामदारको सहजता र छिटो उडान सुनिश्चितताका लागि पहिले नै जहाज टिकट लिएका कामदारहरू श्रम स्वीकृति नपाउँदा रोजगार गन्तव्यमा जान नपाएको र उनीहरूको पैसा फिर्ता नहुने (नन् रिफन्डेवल) टिकट खेर जाने अवस्था छ ।

समयमा कम्पनीमा नपुग्दा कतिपयले रोजगारी नै गुमाउनु पर्ने उनीहरूको भनाइ छ । श्रम स्वीकृति नपाउँदा गत बुधबार कार्यालय परिसरमा कामदारहरु होहल्लामा उत्रिँदा तनावको अवस्था उत्पन्न भएको थियो ।