Close

Recent Posts

नेपाल-दुबई व्यावसायिक सम्मेलन १४ गते दुबईमा

नेपाल-दुबई व्यावसायिक सम्मेलन १४ गते दुबईमा

  • Published१२ मंसिर २०८०, मंगलवार १३:५१

काठमाडौं। नेपाल-दुबई व्यावसायिक सम्मेलन यही मंसिर १४ गते संयुक्त अरब इमिरेट्स (यूएई) को दुबाईमा हुने भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्वर अफ कमर्सको आयोजनामा सम्मेलन गर्न लागिएको हो।

mulpatra

दुवै देशका करिब १०० उद्यमी व्यवसायीको उपस्थिति रहने सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल मुख्य अतिथिका रुपमा सहभागी हुनेछन्।

सम्मेलनमा दुई देशबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी प्रवर्धन, श्रम बजार विस्तार, मध्यपूर्वमा नेपाली कृषि उत्पादनको बजार विस्तार लगायत विषयमा छलफल हुने महासंघले जनाएको छ।

mulpatra mulpatra mulpatra

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा मध्यपूर्वको लगानी आकर्षित गर्न र नेपाली कृषि उत्पादनको मध्यपूर्वका देशमा निर्यात प्रवर्धन गर्न सम्मेलनबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे। सम्मेलनबाट ऊर्जा र पर्यटन क्षेत्रमा सहकार्यको ढोका खुल्ने विश्वास पनि गरिएको छ।

महासंघले प्रधानमन्त्रीको उपस्थितिमा यसअघि भारत र चीनमा पनि व्यावसायिक सम्मेलन गरेको थियो।

Written By
मूलपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *