Close

Recent Posts

धान खेति कसरी गर्ने ?

धान खेति कसरी गर्ने ?
  • १४ मंसिर २०८०, बिहीबार १३:०५

भविष्यमा हुनसक्ने कुनैपनि क्षति तथा नोक्सानीको असर कम गर्नको लागि बीमा गरिन्छ। विभिन्न खालको बीमा मध्ये कृषि बीमा अन्तर्गत धानबालीको पनि बीमा गर्न सकिने व्यवस्था छ । 

mulpatra

 नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त कुनै पनि निर्जीवन बीमा कम्पनी मार्फत आफुले लगाएको धान खेतिको बीमा गर्न सकिन्छ ।  हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनीहरु छन् ।   

आफुले लगाएको धान खेतिको बीमा गर्नुपूर्व निर्जीवन बीमा कम्पनी छनौट गर्नुपर्ने हुन्छ । सो कम्पनीको नजिकैको शाखामा गएर वा कृषि बीमा अभिकर्ता मार्फत धानको बीमा गर्न सकिन्छ । धानबालीको बीमा गर्दा सो खेतको लालपुर्जा, धनीको नागरिकताको एक/एक प्रतिलिपि कम्पनीलाई बुझाउनु पर्ने हुन्छ । त्यसैगरी केवाईसी, प्रस्ताव फर्म पनि भर्नुपर्ने हुन्छ ।  यदि जग्गा भाडामा लिएर खेति गरेको भए जग्गा धनिसँगको सम्झौता पत्रको फोटोकपि आवश्यक पर्दछ ।

mulpatra mulpatra mulpatra

त्यसपछि, कम्पनीले बीमा गर्नुपर्ने धान खेतीको मुल्यांकन गर्दछ । देशको भौगोलिक क्षेत्र र धानको प्रजाति अनुसार मुल्यांकन रकम फरक फरक हुन्छ । त्यसैगरी भौगोलिक क्षेत्र अनुसार न्यूनतम् बीमा योग्य क्षेत्रफल पनि नेपाल बीमा प्राधिकरणले छुट्ट्याईदिएको छ । प्राधिकरणका अनुसार पहाड तथा हिमाली भेगमा ४ आना भन्दा कम क्षेत्रफलमा लगाएको धान खेतिको बीमा हुदैन । त्यसैगरी तराई क्षेत्रमा यस्तो न्यूनतम खेति गरेको क्षेत्रफल आधा कठ्ठा हुनु पर्दछ । 

यसरी बीमा गर्नुपूर्व कम्पनीको मुल्यांकणकर्ताले मुल्यांकन गरेको भन्दा बढी रकमको बीमा गर्न मिल्दैन । मुल्यांकन रकमको आधारमा बीमा गर्नु  पर्दछ । बीमा अवधि धान खेतिको प्रजाति अनुसार हुन्छ । मानौ कुनै प्रकारको धान रोपेको ३ महिनामा पाक्छ भने त्यो धानको बीमा अवधि ३ महिनाको हुन्छ । कृषि तथा पशुपंछि विकास मन्त्रालयले कुन धानबाली कति अवधिमा पाक्छ भनेर छुट्याएको छ । मन्त्रालयको सोहि विवरण अनुसार बीमा अवधि कायम हुन्छ । 

उदाहरणका लागि ‘हर्दिनाथ ३’ एक प्रकारको धान बाली हो । मानौ यो धानको खेतिको बीमा गर्नुपर्दा यसको बीमा अवधि १२५ दिनको हुन्छ । मन्त्रालयका अनुसार यो धान पाक्ने समय अवधि १२५ दिनको हुन्छ । बीमा अवधि धान रोपेको दिनदेखि गणना हुन्छ । 

Image Source: © https://mulpatra.com

कति लाग्छ खर्च ?

धानबालीको बीमा गर्दा बिमांक रकमको ५ प्रतिशत प्रिमियम तिर्नु पर्ने हुन्छ । जसमा ८० प्रतिशत सरकारले बेहोर्छ । नेपाल सारकारले कृषि बीमामा ८० प्रतिशत सहुलियत दिएको छ । अर्थात कुनैपनि कृषिजन्य बस्तुको बीमा गर्दा बीमितले बीमा शुल्कको २० प्रतिशत मात्र भुक्तान गर्नुपर्छ । बाँकी ८० प्रतिशत सरकारले नै तिरिदिन्छ । उदाहरणका लागी कुनै पछि क्षेत्रमा लगाएको धान खेतिको मुल्यांकन १० लाख रुपैयाँ आयो । अब यो १० लाख रुपैयाँको ५ प्रतिशत ५० हजार रुपैयाँ कुल बीमाशुल्क हुन आउछ । जसको २० प्रतिशत मात्र किसान अर्थात बीमितले तिर्नु पर्छ । अर्थात ५० हजारको २० प्रतिशत १० हजार किसान तथा बीमितले भुक्तान गर्नुपर्ने हुन्छ । बाँकी ४० हजार सरकारले तिरिदिन्छ । बीमितले भुक्तान गर्नुपर्ने उक्त रकममा टिकट दस्तुर र ५०० रुपैयाँ बीमितको दुर्घटना बीमा वापत तिर्नु पर्ने हुन्छ । ५०० रुपैयाँमा बीमितको सो बालीकै अवधिभरिको लागि २ लाख रुपैयाँको दुर्घटना बीमा पनि हुन्छ । 

यसरी, सरसर्ती हेर्दा कृषक तथा बीमितले १० लाख बराबरको धान खेतिको बीमा गर्दा १० हजार जोड ५०० रुपैयाँ गरी जम्मा १० हजार ५०० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । जसमा टिकट दस्तुर पनि जोडिन्छ । यसमा बालीसँगै  बीमितको बीमा पनि हुने भयो । बालीको बीमा अवधि सकिएपछि बीमितको बीमा अवधि पनि स्वत सकिन्छ । 

दावी भुक्तानी

उक्त कृषकको कुनै पनि दुर्घटनाको कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी ढाडको हड्डी काम नलाग्ने भएमा, एक वा दुबै हातको नाडी देखि माथि पूरै हात काम नलाग्ने भएमा, एक वा दुबै खुट्टाको गोलीगाँठो देखि माथि पूरै खुट्टा काम नलाग्ने भएमा, दुवै आँखाको दृष्टि गुमेमा बीमा दावी गर्न सकिन्छ। आत्माहत्या गरेमा वा माथि उल्लेखित बाहेकका कुरामा बीमा दावी गर्न मिल्दैन । 

यता उक्त बीमा गरीएको धान बाली दावी हुने गरी क्षति भएका सोको जानकारी ३ दिनभित्र कम्पनीलाई गराउनु पर्दछ । जसका लागि क्षति भएको फोटो र भिडियो पनि उपलब्ध गराउनु पर्ने हुन्छ । यसैगरी बीमा गर्दाको वखतमा कम्पनीबाट लिएको बीमालेख, ५ जना व्यक्तिको सर्जमिन मुचुल्का, उक्त व्यक्तिहरुको नागरिकता नम्बर, फोन नम्बर, वडा कार्यलयले क्षति भएको पूष्टि गरेको सिफारिस पत्र लगायत कागजात १५ दिन भित्र कम्पनीमा बुझाउनु पर्ने हुन्छ । सोको ३५ दिन भित्र कम्पनीले दावी भुक्तानी गर्दछ । बीमाङ्क रकम ५ लाख भन्दा बढी भएमा दावी भुक्तानी गर्नुपूर्व दावी मुल्यांकनकर्ताले क्षतिको अवलोकन गर्दछ । अवलोकन पछि कति क्षति भएको भन्नेबारे रिपोर्ट कम्पनीलाई बुझाएपछि सो रिपोर्टका आधारमा कम्पनीले दावी भुक्तानी गरिदिन्छ । 

तर, यस्ता केही अपवादहरु पनि छन् । जुन कारणले गर्दा क्षति भएमा दावी गर्न मिल्दैन । दावी गर्न नमिल्ने क्षतिका कारणहरु यसप्रकार छन् । 

१,अप्रत्यक्ष क्षतिः खाद्यान्न बालीबाट भएको क्षतिको कारणबाट हुने अन्य अप्रत्यक्ष क्षति भएमा,

२, अधिकार प्राप्त निकायबाट पुऱ्याइएको क्षतिः अधिकार प्राप्त निकायको आदेशमा खेती नष्ट गरिएमा,

३, विकिरणयुक्त पदार्थः विकिरणयुक्त पदार्थ वा विकिरणयुक्त फोहोर वा अवशेषको संसर्गबाट क्षति भएमा,

४,आणविक, रासायनिक तथा जैविक हतियारः आणविक, रासायनिक तथा जैविक लगायत आम विनासकारी हतियारको प्रयोगबाट क्षति भएमा,।

(एनएलजी ईन्स्योरेन्सको सहयोगमा)