हेटाैंडामा आन्दाेलित स्वास्थ्यकर्मीद्वारा प्रदेशसभा घेराउ, दाेषीलाई कडा कारबाही गर्न माग

हेटाैंडाका स्वास्थ्यकर्मीहरूले बागमती प्रदेशसभा घेराउ गरेका छन् । अस्पतालमा कुटपिटकाे घटनापछि आन्दाेलित बनेका उनीहरूले लिएर सुरक्षा माग शनिबार बिहान प्रदेशसभा घेराउ गरेका हुन् ।
हेटौँडा–१, स्थित सञ्चो हस्पिटल प्रालिमा गत मंगलबार दुई डाक्टर कुटिएपछि आन्दोलित बनेका स्वास्थ्यकर्मीहरूले शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा ठप्पसमेत पारेका छन् । दोषीलाई कारबाही गर्नुपर्ने, राज्यले स्वास्थ्यकर्मीको सुरक्षा दिनुपर्नेलगायतका माग उनीहरूले राखेका छन् ।
