एनसेल प्रकरणः अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल शेयर बिक्री प्रकरणमा अध्ययन भइरहेको बताएका छन् । सोमबार सिंहदरबारमा केही सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले १३० अर्बको एनसेल सात अर्बमा बिक्री गर्न नमिल्ने बताए ।
यो विषय नेपाल दूरसञ्चार प्राधिकरण र कर प्रणालीसँग जोडिएकोले अध्ययन नगरी अघि नबढ्ने उनले बताए । ‘यसको अध्ययनका लागि टिम बन्छ अनि मात्र अघि बढ्छ । मैले मुख्य सचिवलाई मैले यससम्बन्धी निर्देशन दिएको छु,’ उनले भने ।