फाइनान्स कम्पनीको ४ महिना: नाफा कमाउनेभन्दा घाटा हुने धेरै

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ४ महिनामा नाफा कमाउनेभन्दा घाटा हुने फाइनान्स कम्पनीको संख्या धेरै भएको पाईएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ४ महिनाको अवधिमा फाइनान्स कम्पनीहरुले करिब आधा अर्ब घाटा व्यहोरेका छन् ।
४ महिनामा कुल१७ मध्ये ९ वटा फाइनान्स कम्पनी घाटामा छन् । उनीहरुको खुद घाटा ४६ करोड ६६ लाख रहेको छ । सबैभन्दा धेरै घाटा प्रोग्रेसिभ फाइनान्सको रहेको छ। जसले यो अवधिमा १० करोड २० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । यसैगरी समृद्धि फाइनान्सलाई ९ करोड ३९ लाख र क्यापिटल मर्चेन्ट बैंककिङ एण्ड फाइनान्स ६ करोड ३२ लाख रुपैयाँ खुद घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
यसैगरी, गुवेश्वरी मर्चेन्ट बैंककिङ एण्ड फाइनान्स ५ करोड ३१ लाख, पोखरा फाइनान्सलाई ५ करोड १८ लाख र गुडविल फाइनान्सलाई ३ करोड ९७ लाख रुपैयाँ खुद घाटामा रहेका छन् ।