Close

Recent Posts

योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग सांसद पौडेलको आग्रह

योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग सांसद पौडेलको आग्रह
  • २४ जेष्ठ २०७९, मंगलवार ०३:४७

काठमांडौ । सांसद एवम् कांग्रेस नेता प्रदिप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन्।

mulpatra

cg inside

नेपाल र दक्षिण कोरियाबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्षगाँठमा कोरिया नेपाल पार्लियामेंट्री कमिटीद्वारा शुक्रबार कोरियाको राजधानी सिओलस्थित नेशनल एसेम्ली हाउसमा आयोजित बिशेष कार्यक्रमलाइ सम्बोधन गर्दै पौडेलले यस्तो आग्रह गरेका हुन्।

उनले कोरियामा काम गर्ने नेपालीहरु काम गर्न आएको समय सकिएपछि थप काम गर्न चाहनेका लागि नेपाल सरकारसंग समन्वय गरेर भिसा थप गर्न समेत कोरिया सरकारसँग आग्रह गरे।

mulpatra mulpatra mulpatra

पौडेलले नेपाल र कोरियाबीच कनेक्टिभिटी बढाउने र दुवै देशका बीचमा सिधा हवाई उडानहरू दुबै तर्फका ध्वजाबाहकहरूलाई उडान स्वीकृति प्रदान गर्नुपर्ने अवश्यकता औल्याए। सीधा उडान भए सांस्कृतिक, व्यापारिक र पर्यटनको आदानप्रदान बढ्ने र यात्राको सहजताले उद्यमीहरू र लगानीकर्ताहरूलाई आर्थिक वृद्धि र विविधीकरणमा योगदान गर्दै एकअर्काको देशमा अवसरहरू अन्वेषण गर्न सहोग पुग्ने पौडेलले उल्लेख गरे।

सांसद पौडेलले गत कात्तिक १७ गते राति जाजरकोटको केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुको राहत र पुर्न स्थापनाका लागि सहयोग गर्न दक्षिण कोरिया सरकार र कोरियामा रहेका नेपालीहरुलाई आग्रह गरे।

कार्यक्रममा बोल्दै उनले दक्षिण कोरियाले छोटो अवधिमा हासिल गरेको प्रगति नेपालका लागि प्रेरणाको श्रोत बनेको बताए। नेपाल पनि सामाजिक,आर्थिक विकासमा अघि बढिरहेका बेला कोरियाको सफल रणनीतिलाई आत्मसात गरी कार्यान्वयन गरे नेपाललाई दिगो विकास र विकासतर्फ लैजान सकिने नेता पौडेलले उल्लेख गरे।

Image Source: © https://mulpatra.com

लगानीलाई प्राथमिकतामा राखेर व्यवस्थित प्रक्रिया र प्रोत्साहनका साथ लगानीका लागि अनुकूल वातावरण प्रदान गर्न नेपाल प्रतिबद्ध रहेको भन्दै पौडेलले कोरियाली लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न अनुरोध गरे। दुबै राष्ट्रलाई फाइदा हुने अवसरहरू सिर्जना गरेर लगानीका लागि अनुकूल वातावरण प्रदान गर्न नेपाल तयार रहेको उनले उल्लेख गरे।

कूटनीतिक सम्बन्ध स्थापना भएदेखि आजसम्म नेपाल र कोरिया वीचमा सांस्कृतिक आदानप्रदान, आर्थिक साझेदारी, शान्ति र समृद्धिको प्रवर्द्धन र जनता – जनता वीचको अन्तरक्रिया लगायत सांस्कृतिक आदानप्रदानले नेपाल र दक्षिण कोरियाबीचको सम्वन्धलाई थप बलियो बनाउँदै लगेको पौडेलले दाबि गरे।