अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु
  • १६ पुष २०८०, सोमबार ०३:५५

सन् २०२३ को विदाई र नयाँ बर्षको स्वागत भव्य रुपमा विश्वभर भइरहेको छ । विश्वभर हुने समयको फरकका कारण नयाँ बर्ष समेत केही समयको फरकमा मनाइएको छ ।

आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।