कोरियाली भाषा परीक्षाको लागि आवेदन दिने म्याद थपियो

कोरिया भाषा परीक्षाको लागि आवेदन दिने म्याद थप भएको छ । ईपीएस कोरिया शाखाले सिप बिल्डिङमा सामेल विद्यार्थीका लागि खुलाएको उत्पादन क्षेत्रको भाषा परीक्षाको आवेदन दिने समय २ दिन थप गरेको हो ।
शाखाले यसअघि पौष १६ देखि १८ गतेसम्म आवेदन दिन पाउने सूचना जारी गरेको थियो । अब भने म्याद थप गरेर आवेदन दिन पाउने समय २० गतेसम्म पुर्याइएको छ । वैदेशिक रोजगार विभागको महानिर्देशक डण्डुराज धिमिरेको निर्णय अनुसार आवेदन दिने समय थप गरिएको शाखाका अधिकृत कमल श्रेष्ठले जानकारी दिए ।
उच्च अदालत पाटनको आदेश बमोजिम शाखाले सिप बिल्डिङको परिक्षामा सामेल भएकाहरुकालागि पनि उत्पादन तर्फ आवेदन खुलाएको हो ।