रेमिट्यान्सले धान्दैछ देशः ५ महिनामा ६ खर्ब १३ अर्ब २५ करोड भित्रियो

रेमिट्यान्सले धान्दैछ देशः ५ महिनामा ६ खर्ब १३ अर्ब २५ करोड भित्रियो
  • २६ पुष २०८०, बिहीबार १६:२१

चालु आर्थिक वर्षको ५ महिनामा नेपालमा भित्रने रेमिट्यान्स २७.६ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा नेपालमा कुल ६१३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३६ हजार ७७९ र १ लाख १५ हजार ९४८ जना रहेको थियो ।