चाँदी आयात खुलाउन महासंघको माग

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले उद्योगका लागि चाँदी आयात खुलाउन माग गरेको छ।
बिहीबार महासंघ अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटेर चाँदी आयात खुलाउन माग गरेको हो।
महासंघ अध्यक्ष शाक्यले हाल कायम व्यवस्थाले उद्योगी व्यवसायीको लागत बढी पर्न गएको र त्यसले प्रतिस्पर्धी क्षमता घटाएकाले चाँदी आयात सीमालाई खुला गर्न गभर्नरसमक्ष आग्रह गरिएको बताए। हाल एक पटकमा ६० हजार डलरसम्मको सीमाभित्र चाँदी आयात गर्न पाउने व्यवस्था छ।