शेखर–गगन बोलचाल बन्द, महासमिति बैठकको सम्मुखमा गुट विघटनको सँघारमा

शेखर–गगन बोलचाल बन्द, महासमिति बैठकको सम्मुखमा गुट विघटनको सँघारमा
  • २४ जेष्ठ २०७९, मंगलवार ०४:१७

एक महिनापछि कांग्रेसको महासमिति बैठक बस्दै छ । १६–१९ पुसमा हुने महासमिति बैठकको तयारीमा जुटेको कांग्रेसभित्र अर्को नयाँ विषयले तरंगित पारेको छ । २५ असोज २०८० पछि संस्थापनइतरको समूहभित्र जसरी दूरी र अविश्वास बढ्दै छ, त्यसले १५औँ महाधिवेशनको परिदृश्य बताउन थालेको छ ।

सोही कारण कांग्रेसभित्र महासमिति बैठकको एजेन्डाअघि नै शेखर कोइराला र गगन थापाको सम्बन्धमा चर्चा हुन थालेको हो । खासगरी, २५ असोजमा कोशी प्रदेशमा सरकार गठनको विषयमा शेखर र गगनबीचको असहमति नै दूरी बढ्ने पछिल्लो कडी बनेको छ । त्यस दिन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।

शेखर कोइराला यो निर्णयको विपक्षमा थिए । कोइरालाले पहिलादेखि नै आफ्नो समूहका नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउने प्रयास गरिरहेका थिए । त्यसमा समूहभित्रै नेताहरू गगन थापा र विश्वप्रकाश शर्माबाट सहयोग पाइरहेका थिएनन् । त्यस दिन एमालेसँग मिलेर शेखरले कोशीमा विद्रोह गरेर कार्कीलाई मुख्यमन्त्री बनाउने प्रयास गरे । त्यही विन्दुपछि शेखर र गगनको बोलचाल बन्द भएको हो । एक महिनादेखि भेटघाट नभएको बारे गगनले दसैँअघि कांग्रेसनिकट प्रेस युनियनको दसैँ शुभकामना कार्यक्रममै बोलेका थिए । त्यसपछि पनि उनले निरन्तर रूपमा शेखरसँग भेटघाट र बोलचाल नभएको बताइरहेका छन् । अनि, शेखर कोइरालाले पनि गगनसँग कुरा नभएको स्वीकार गरेका छन् ।

कोशी प्रदेशको सरकार बनाउने सन्दर्भमा एउटै समूह भए पनि गगन र विश्वप्रकाशसँग शेखरको लाइन मिलेको थिएन । शेखर आफ्नो समूहका नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउन चाहन्थे तर गगन त्यसमा सहमत थिएनन् । विश्वप्रकाश शर्माले पनि साथ दिने संकेत देखाएका थिएनन् । विश्वप्रकाशले साथ नदिने कारणचाहिँ भूगोलको राजनीति पनि थियो । झापाका उद्धव थापालाई मुख्यमन्त्री बनाउन नसकी शेखरको गृहजिल्ला मोरङका केदारलाई बनाउन नहुने पक्षमा विश्वप्रकाश देखिएका थिए । त्यो लाइनमा विश्वप्रकाशले नै गगनलाई सहमत गराएको शेखर समूहका नेताहरूको भनाइ छ । उनीहरूको भनाइमा विश्वप्रकाशको भनाइमा सहमत भएका गगनले पदाधिकारी बैठकमा मुख्यमन्त्री माओवादीलाई दिन सहमति जनाएका हुन् । 

त्यसमा आपत्ति जनाइरहेको शेखर समूहले २५ असोजमा विद्रोह गर्‍यो, जुन गगनलाई संकेतसमेत थिएन । गगन समूहले पनि आफूसँग छलफल नगरी विद्रोह गरेको भन्दै शेखरसँग असहमति राखे । अनि शेखर समूहले पनि सधैँ सभापति शेरबहादुर देउवाको निरंकुशताविरुद्ध विद्रोह गर्नुपर्ने बताइरहेका गगनले कोशी विद्रोहमा साथ नदिएको आरोप लगाइरहेको छ । यी दुई समूहका देखिएको यही अविश्वास, आंशका र आरोपका कारण दूरी बढ्दै गएको कांग्रेस नेताहरूको भनाइ छ । संस्थापन इतरसमूहका एक नेताले शिलापत्रसँगको कुराकानीमा अहिले शेखर र गगनको सम्बन्ध औपचारिक रूपमा विघटनको अवस्थामा पुगेको छ । त्यो आउँदो महासमिति बैठकमा प्रस्फुटन हुन सक्ने ती नेताको भनाइ छ ।

उनीहरूबीच दूरी बढ्ने कारणमा एक वर्षअघि नै पृष्ठभूमि तयार भएको देखिन्छ । कांग्रेस नेताहरूको भनाइमा १५औं महाधिवेशनमा सभापतिको सपनासहित उडान भरेका गगनले एक वर्षअघि संसदीय दलको नेतामा चुनाव लडे । शेखरलाई १५औँ महाधिवेशनमा सभापतिमा समर्थन गर्ने सहमतिपछि गगन संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गर्न मैदानमा ओर्लिएका थिए । त्यतिबेला शेखर समूहले गगनलाई रोक्ने प्रयास गरेको पनि थियो । तर, त्यसमा उनीहरू सफल नभएपछि शेखर ब्याक भएका थिए । तर, इतरसमूहकै सांसदले मतदान नगरेको टिप्पणी भइरहेको छ ।

इतरसमूहमा ३२ सांसद भए पनि गगनले २५ मत मात्रै प्राप्त गरेका थिए । त्यही बेलादेखि शेखर र गगनबीच अविश्वासको वातावरण बनेको आंशका थियो । गत वर्ष ६ पुसको यो परिघटनाको पटाक्षेप २५ असोज २०८० मा भएको कांग्रेस नेताहरू नै बताउँछन् । यसबीचमा शेखर र गगनबीच मन्त्री बनाउने सन्दर्भमा विमति देखियो । कांग्रेस स्रोतको भनाइमा गगन आफैँ अर्थमन्त्री हुने चाहनामा थिए । त्यसको संकेत बुझेका शेखरले यो मुद्दा नै उठाएनन्, जसले गर्दा देउवाले गगनको नाम छलफलमा ल्याएनन् । उल्टै इतरसमूहबाट मन्त्रीको सूची पठाउँदा गगनले सिफारिस गरेका सांसद परेनन् । कतिसम्म भने मन्त्रीको सूची पठाउने बेलामा शेखरले आफूसँग छलफलसमेत नगरेको गगनको आरोप छ । त्यसमा निरन्तर खण्डन शेखरले गरिरहेका छन् ।

त्यतिबेलादेखि उनीहरूबीचमा बढ्दो अविश्वास र दूरीको संकेत ९ साउन २०८० मा पनि देखिएको थियो । त्यस दिन बीपी स्मृति सप्ताहको अवसरमा संस्थापनइतर समूहले आयोजना गरेको कार्यक्रममा गगन थापा गएनन् । उक्त कार्यक्रममा गगनलाई नदेखेपछि शेखरले भनेका थिए, ‘गगनजी किन आउनुभएन भन्ने कतिपयलाई कौतुहलता होला । रिसाउनुभयो कि के हो भन्ने लागेको होला । कार्यक्रमको टुंगो गगनजी र म बसेरै छलफल गरिएको हो ।’ कार्यकर्तालाई शेखर–गगन समूह एकै छ भन्ने सन्देश दिने प्रयासमा रहेका शेखरले त्यति भन्नुभन्दा दुई महिनाअघि नै गगनले दूरी बढेको र बढ्ने संकेत गरेका थिए ।

Sagarmatha Cement
keystoneglobalnetwork

३० जेठ २०८० मा विराटनगर पुगेका गगनले भनेका थिए, ‘१४औँ महाधिवेशनदेखि अहिलेसम्म हाम्रो सम्बन्ध प्रगाढ छ । भएकाहरू हाम्रो साथमै रहनुहुन्छ, गुम्नु हुने छैन । १५औँ महाधिवेशनमा थप साथीहरू जोडिनुहुन्छ । अहिलेको माग नै पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको हो ।’ अर्थात्, गगनले त्यस दिन ६ पुस २०७९ मा भएको सहमतिविपरीत गगन नेतृत्वको लडाइँमा शेखरलाई साथ नदिने संकेत गरेका थिए ।

अर्थात्, उनीहरूबीच पहिलादेखि नै सम्बन्ध बिग्रिँदै गएको देखिएका बेला नै सभापति देउवा र शेखरबीच भेटघाट बढेको थियो । साउनको केन्द्रीय कार्यसमिति बैठकअघि देउवा र शेखरबीच पार्टीका बैठकहरूमा सँगसँगै यात्रा हुन थालेको थियो । त्यतिबेला पनि गगन समूह रुष्ट बनेको थियो शेखर समूहसँग । त्यससँगै शेखरनिकट नेताहरूले केन्द्रीय कार्यसमितिको बैठकमा गगनको एजेन्डालाई साथ दिएका थिएनन् ।

अर्थात्, गगन त्यतिबेला बालकृण खाँणलाई कारबाही गर्नुपर्ने पक्षमा थिए तर शेखरनिकट नेताहरूले गगनको भनाइमा साथ दिएनन् । त्यतिको दुई महिनापछि असोजको केन्द्रीय कार्यसमिति बैठकमा शेखरले केही नबोलेर बिताइदिए । त्यसले पनि गगनसँग अविश्वास बढाउने काम गरेको कांग्रेस  नेताहरू बताउँछन् । असोज पहिलो साताको केन्द्रीय कार्यसमिति बैठकमा केही नबोलेका शेखरले २५ असोजमा भने संस्थापनसँग विद्रोह गरेर नै नतिजा देखाइदिए ।

शेखरनिकट नेता गुरुराज घिमिरे पछिल्ला दिनमा शेखर र गगनबीच बोलचाल भेटघाट नभएको स्वीकार्छन् । शिलापत्रसँगको कुराकानीमा घिमिरे १५औँ महाधिवेशनमा शेखर र गगनको समूहबन्दी उपादेयता नभएको स्वीकार गर्ने हो भने समूह विभाजित भए फरक नपर्ने बताउँछन् । घिमिरले भने, ‘हाम्रो सहकार्य १४औँ महाधिवेशनसम्मका लागि हो, १५औँ महाधिवेशनमा एक्लाएक्लै जाने निष्कर्ष निस्केको हो भने ठीकै छ । नत्र त समूह विभाजित हुनु राम्रो होइन ।’ 

घिमिरेले भनेजस्तै कांग्रेसमा समूहबन्दीबिना आन्तरिक प्रतिस्पर्धामा जितिने सम्भावना कम छ । त्यसैले, अहिले शेखर र गगनको सम्बन्धमा दूरी बढ्ने संकेतले १५औँ महाधिवेशनको संकेत गर्ने विश्लेषण पनि कांग्रेसभित्र  भइरहेको छ । अहिले कांग्रेसमा सभापति आकांक्षीमा उपसभापति पूर्णबहादुर खड्का, नेताहरू शंशाक कोइराला, शेखर कोइराला र महामन्त्री गगन थापा देखिएका छन् । कतिपयले विश्वप्रकाश सभापतिको उम्मेदवार हुने र गगन प्रधानमन्त्री हुने लाइन बन्न सक्ने पनि विश्लेषण भइरहेको छ । त्यसो त, शंशाक  कोइरालाले आउँदो महाधिवेशनमा देउवाको समर्थनमा उम्मेदवार हुने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

शेखर १४औँ महाधिवेशनदेखि नै निरन्तर तयारीमा जुटेका छन् । खड्काचाहिँ देउवाको उत्तराधिकारी बन्ने चाहनामा छन् । सम्भावित यही समीकरणको सेरोफेरोमा महाधिवेशनमा पूर्णबहादुर खड्का र गगन थापाको मिल्ती हुन सक्ने चर्चा पनि कांग्रेसभित्र भइरहेको छ ।  यद्यपि, १५औँ महाधिवेशनमा देउवाको ग्रीन सिग्नल पाउने उम्मेदवारले सहजै सभापति जित्ने सम्भावना हुन्छ ।

त्यस कारण कोइराला र खड्का दुवै देउवाको साथ खोज्ने क्रममा रहेको पनि बताइन्छ । त्यसैले सम्भावित समीकरणका कारणले पनि शेखर र गगनबीच सम्बन्धको दूरी फराकिलो बन्दै बोलचाल बन्द हुने परिस्थति निर्माण भएको विश्लेषण भइरहेको छ ।

शेखर र गगनको बिग्रँदो सम्बन्ध र तिक्तताको फाइदा पनि सभापति देउवाले उठाइरहेका छन् । पार्टीको संस्थापन लाइनमाथि निरन्तर प्रश्न उठाउने इतर समूह कमजोर हुँदा निर्णय प्रक्रिया अनुकूल बनाउन सकिने विश्वासमा देउवा देखिएका छन् । त्यसैले, पछिल्ला दिनमा पार्टीका भ्रातृ संगठनको नेतृत्व मनोनीत गर्दा पनि इतरसमूहसँग छलफल गर्न आवश्यक ठान्न थालेका छन् ।

Zemmour, a 63-year-old TV pundit-turned-politician, was once tipped to come second behind Macron, back in October. But he plummeted spectacularly in the polls after suffering from a perceived lack of credibility as the Ukraine war started and former comments praising Russian President Vladimir Putin resurfaced. He scored a measly 7 percent. Despite their bitter and unrelenting fighting throughout the campaign, he swiftly endorsed Marine Le Pen.

“I have disagreements with Marine Le Pen,” Zemmour said at his concession speech Sunday, “but there is a man facing Marine Le Pen who has let in 2 million immigrants … who would therefore do worse if he were reelected — it is for this reason that I call on my voters to vote for Marine Le Pen.”