Close

Recent Posts

बझाङमा फेरी भूकम्पको धक्का

बझाङमा फेरी भूकम्पको धक्का
  • २८ पुष २०८०, शनिबार ०२:१४

चैनपुर (बझाङ) — बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

mulpatra

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका राससले समाचारमा उल्लेख गरेको छ ।