आज माघे सङ्क्रान्ति, विभिन्न धामहरुमा दर्शनार्थीको घुँइचो

१ माघ, काठमाडौं । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । यस उपलक्ष्यमा विभिन्न समुदायहरुले भिन्न भिन्न किसिमले माघे सक्रान्ती मनाउँदै विभिन्न धामहरुमा माघ स्थान गर्न पुग्दछन । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
यसैले आजको दिन कन्काई, देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको घुँइचो लाग्छ ।
मकर संक्रान्तीमा बिहानै पवित्र नदी, धाम, तीर्थस्थलमा गई स्नान गरेर तिलको लड्डु चढाउने र प्रसादको रुपमा खाँदा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ ।
थारु समुदायमा माघी पर्वका उल्लासका साथ मनाइन्छ उनीहरुले माघीलाई नयाँ बर्षको रुपमा मनाउने गर्दछन । मगरहरुले पनि विशेष माघी मनाउने गर्दछन । मकर संक्रान्तीमा समुदाय अनुसार चाकु, तिलको लड्डु, मुरइको लड्डु, घुँगी, खिचडी, विभिन्न प्रकारका तरुल खाएर मनाउने गरिन्छ ।