इनारभित्र खसेकी महिलाको प्रहरीले गर्यो उद्धार
ललितपुरः ललितपुरको इमाडोलमा इनारमा खसेकी एक जना महिलाको प्रहरीले उद्धार गरेको छ ।

दोलखा घर भई ललितपुरको इमाडोल कृष्णमन्दिर नजिकै बस्ने २८ बर्षीया नुतन प्रधान इनारमा खसेकी थिइन्।
उनी आफुले धोएको कपडा सुकाउनका लागि इनारको स्ल्याबमाथि चढेकी थिइन
त्यही बेला स्ल्याब फुटेर इनारभित्र खसेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।
करिब साढे दुई घण्टापछि प्रहरीले उनलाई सकुसल उद्धार गरेको छ । उनको उद्धारका लागि नेपाल प्रहरी, विपद व्यवस्थापनको टोली र नेपाली सेनाको टोली पनि खटिएको थियो ।
हाल उनलाई उपचारका लागि पाटन अस्पतालमा राखिएको छ ।
![]() |
![]() |
![]() |
|---|



