चन्द्रागिरीमा अस्पताल शिलान्यास
काठमाडौँ। चन्द्रागिरि नगरपालिकामा १५ शैयाको अस्पताल बनिने भएको छ । नगर अस्पतालको रुपमा बनाउन लागिएको सो अस्पताल चन्द्रागिरि–४ गोदामचौर थानकोटमा रहने छ । हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पतालको हाताभित्रै थप १५ शैयाको नगर अस्पताल बनाउन लागिएको हो ।
मन्त्रिपरिषद्को गत फागुन ४ को बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो ।

