Close

Recent Posts

नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द

नेप्सेको कारोबार प्रणाली ३ दिन बन्द
  • ४ माघ २०८०, बिहीबार १६:२२

काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने भएको छ।

mulpatra

नेप्सेले बिहीबार एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने जानकारी दिएको हो।

दोस्रो चरणको विद्युत मर्मतसम्भार कार्यका लागि माघ ४ गते बिहीबार साँझ ५ बजेदेखि माघ ६  गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा उल्लेख छ ।

mulpatra mulpatra mulpatra

साथै उसले उक्त अवधिमा पर्न सक्ने असुविधाका लागि क्षमायाचना गर्दै विद्युतीय प्रणाली अद्यावधिक गर्ने यो कार्यमा सबैको साथ र सहयोगको अपेक्षा राखेको पनि बताएको छ । 

यसअघि पनि विद्युत मर्मतसम्भारका लागि गत पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहेको थियो ।