हिरो चौधरी समूहको पोल्टामा, ज्योति समूहको ३५ वर्षे विरासत तोडियो

हिरो चौधरी समूहको पोल्टामा, ज्योति समूहको ३५ वर्षे विरासत तोडियो
  • ८ माघ २०८०, सोमबार १६:१४

काठमाडौं । नेपालका लागि हिरोको आधिकारिक विक्रेता चौधरी समूहले लिएको छ । उत्पादक कम्पनी हिरो मोटोकर्पले हिरोको आधिकारिक बिक्रेतामा सीजी मोटर्सलाई छनौट गरिएको जनाएको छ ।
यसअघि नेपालमा हिरोको आधिकारिक बिक्रेता रुप ज्योतिको एनजीएम हिरोसँग थियो तर हिरो मोटोकर्पले एनजीएमसँग आधिकारिक बिक्रेता नविकरण गर्न नमानेपछि चौधरीको पोल्टामा हिरो मोटोकर्पको आधिकारिक बिकेता परेको छ ।
दुईपक्षको सम्झौतामा नेपालमै एसेम्बल गर्ने उल्लेख गरिएको दुबै पक्षले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।