चौरजहारी नगरपालिकाद्धारा १२ सय घरपरिवारको निशुल्क स्वास्थ्य बीमा

चौरजहारी नगरपालिकाद्धारा १२ सय घरपरिवारको निशुल्क स्वास्थ्य बीमा
  • १७ माघ २०८०, बुधबार ०२:२६

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले निशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट पालिकामा रहेका अति गरिव, असक्त, अपांग र सहिद परिवारलाई लक्षित गरि  निशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।

mulpatra

अति विपन्न र गरिविको रेखामुनि रहेका नागरिकको स्वास्थ्य सेवामा पँहुच पुर्याउन र सबैले सजिलै उपचार गर्न पाउन भन्ने उद्देश्यले विपन्न तथा गरिब परिवारको निशुल्क स्वास्थ्य विमा गराइदिएको नगरपालिकाले जनाएको छ । पालिकाले एक हजार दुई सय ४० घरपरिवारको स्वास्थ्य सुरक्षा स्वरुप निस्शुल्क स्वास्थ्य बिमा गरिएको चौरजहारी नगरपालिकाका प्रमख पुष्प  वादीले जानकारी दिनुभयो ।

नगरपालिकाको कार्यपालिकाले निर्णय गरि गरिब र विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य  बीमा  सुरुवात गरेको नगर प्रमुख वादीले जानकारी दिनुभयो । स्वास्थ्य बीमा फागुन १ गते देखि लागु हुने रुकुम पश्चिम स्वास्थ्य वीमा बोर्डका अधिकारी कमल डाँगीले जानकारी दिनुभयो । समुदायमा रहेका विपन्न घरपरिवार जुन स्वाथ्य वीमा बनाउन आर्थिक स्थिति कमजोर भइ आफ्नो रोगको उपचार गर्न नसकेका लागी ठुलो उद्दार भएको स्वास्थ्य बीमा कार्यालय रुकुम पश्चिमको भनाई रहेको छ ।

जिल्ला स्वास्थ्य बीमा दर्ता अधिकारी कमल डाँगीका अनुसार चौरजहारी नगरपालिकाले एक हजार दुई सय ४० घरधुरीको लागी ३ हजार ५ सयको दरले ४३ लाख ४० हजार रकम पालिकाले विनियोजित गरेको छ । स्वास्थ्य बीमा गरिदिएर उपचार अभावका कारण अकालमै मृत्यु हुनबाट बचाउने नगरपालिका सरकारलाई स्थानियले धन्यबाद व्यक्त गरेका छन ।