Close

Recent Posts

राजनीतिक दलका उच्च नेतामा सुधारको आवश्यकता : गगन थापा

राजनीतिक दलका उच्च नेतामा सुधारको आवश्यकता : गगन थापा
  • २० माघ २०८०, शनिबार १५:२७

पर्सा । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरू सुदृढ लोकतन्त्र नै भएको बताएका छन् । वीरगन्जबाट प्रकाशित हुने अंकुश दैनिकको शनिबार आयोजित रजत महोत्सवमा नेता थापाले अब मुलुकमा लोकतन्त्र सुधारको अपरिहार्यता रहेको धारणा राखे ।

mulpatra

उनले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको बताए । “राजनीतिक दलका उच्च नेता, कर्मचारी, स्थानीय तहका प्रमुखसम्ममा सुधारको आवश्यकता छ,” उनले भने, “सबै क्षेत्रमा सुधार गर्न सकिए मात्रै राष्ट्र विकास गर्न सकिन्छ ।”

माथिलो तहबाट सुधारको प्रयास हुनुपर्ने उनले बताए । सबैले आ–आफ्नो ठाउँबाट सुधारको प्रयास गरे मात्र मुलुकमा आमूल परिर्वतन ल्याउन सकिने उनको भनाइ थियो ।

उनले बढदो महँगी, बेरोजगारी, भ्रष्टाचार र भागबन्डाको राजनीतिले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बताएको उल्लेख गरे । लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास बढाउन र आमनागरिकको जीवनमा सुधार ल्याउन शुद्धीकरण आवश्यक रहेको उनले औँल्याए ।

केही व्यक्तिका कारण लोकतान्त्रिक व्यवस्थालाई नै बदनाम गर्ने प्रयास भइरहेको उनले बताए । लोकतन्त्रको रक्षाका निम्ति आमसञ्चारमाध्यमले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । राजनीतिक, प्रशासनिकलगायत हरेक क्षेत्रमा देखिएका समस्याबारे सञ्चारमाध्यमले तिखो प्रहार गर्नुपर्ने उनले बताए ।