Close

Recent Posts

‘केराको ओइलाउने रोग’ किसानहरु चिन्तित

‘केराको ओइलाउने रोग’ किसानहरु चिन्तित
  • २४ माघ २०८०, बुधबार १५:५६

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रद्धारा निसंक्रमण निर्देशन २०८० जारी

नेपाल केरामा आत्मनिर्भर हुन नसकिरहेको बेला विनासकारी रोग पानामा को टी आर ४ पुष्टि भएपछि किसानहरु चिन्तित बनेका छन । नेपालमा खपत हुने केराको लगभग ४० प्रतिशत मात्रै नेपालमा उत्पादन भई रहेका वेला केरा खेतीका लागि अति सङ्क्रामक मानिएको पानामा रोगको नयाँ प्रजाति टी आर–४ ले कैलालीको सयौ विगाहा केराखेति नष्ट गरिदिएको छ ।

mulpatra


कैलाली मात्र होइन चितवनका केराहरुमा समेत केरामा पानाको लक्षण देखिन थालेपछि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रद्धारा ‘केराको ओइलाउने रोग एफ ओ सी टी आर फोर निसंक्रमण निर्देशन २०८० जारी गरेको छ ।
गत भदौ १ गते नेपालमा पहिलो कैलालीको टिकापुरका व्यावसायिक केरा बगैँचामा भेटिएको पुष्टि भएको हो । समयमा नै यो रोग फैलनबाट नरोक्ने हो भने लाखौँ लगानी गरेर गरिएको केरा खेतीबाट किसान विस्थापित हुनुपर्ने चेतावनी कृषि वैज्ञानिकहरूको छ ।
केरा व्यवसायी महासङ्घ कैलालीका उपाध्यक्ष टेकेन्द्र धामीले केरामा पानामा प्रजातीको रोग पुष्टि भएपछि किसान चिन्तित बनेका बताए । उनले लाखौँ लगानी गरेर गरिएको खेतीमा सङ्क्रामक रोग देखिएपछि केराखेतीबाट विस्थापित हुनुपर्ने चिन्तामा किसान रहेका उनको भनाइ थियो ।
‘रोग पुष्टि भएपछि हामीले सबै किसानलाई सँगै राखेर सम्बन्धित निकायसँग छलफल चलाएका छौँ’, धामीले भने, ‘छलफलबाट कस्तो निर्णय आउँछ, त्यसैअनुसार अगाडि बढ्छौँ ।’ उनका अनुसार कैलालीमा करिब सात सय हेक्टरमा केराखेती हुँदै आएको छ । त्यसमध्ये टीकापुर क्षेत्रमा मात्रै पाँच सयभन्दा बढी हेक्टरमा केराखेती हुँदै आएको छ । यहाँ तीन सय भन्दा बढी किसान व्यावसायिक केरा खेतीमा आबद्ध छन् ।


के छ निर्देशनमा ?
केरा बालीमा लाग्ने पानामा रोगको अत्यन्तै खतरनाक मानिएको प्रजाति ट्रपिकल रेस ४, टिआर ४ कैलाली जिल्लाको टिकापुर तथा नवलपरासिको प्रतावपुर कटहंवा क्षेत्रमा पाइएको छ । सो रोगलाई संक्रमित क्षेत्रमै सिमित गर्नका लागि आन्तरिक कवारेन्टाइनका विभिन्न आचारसंहिताहरु लग गर्न संघिय, प्रदेश तथा स्थानीय सरकारबाट निर्णय भएको छ ।
यो योग माटो पानी, कृषि औजार, उपकरण ररोग संक्रमित विरुवा एवं विरुवाजन्य वस्तुहरुबाट फैलन सक्ने भएकाले संकास्पद केरा बगैचामा जाँदा जुत्ता, चप्पललाई सुज कभर वा प्लाष्टिकले ढाकेर जाने र केरा बगैचामा निस्कनु पुर्व गहिरो खाडल खनेर गाड्ने वा सुरक्षित साथ चलाएर नष्ट गर्ने तथा संक्रमित बगैचामा केराका विरुवा तथा विरुवाजन्य उपजहरु जथाभावी अन्यत्र नलैजाने व्यवस्था गर्ने
यस रोगको कारक ढुसी माटोमा पाइने भएकाले माटोलाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने जुनसुकै बस्तुबाट यो रोग फैलिन मद्धत मिल्दछ । आफ्नो लागि प्रतिकुल वातावरणीय अवस्थामा रोगको कारक ढुसीले कडा कयालमाइडोस्पोर बनाई सुसुप्त अवस्थामा माटोमा ३० बर्ष भन्दा बढी समयसम्म बाँचिरहन सक्ने भएकाले संक्रमित माटोको स्थानान्तरणलाई निषेध गरिएकोछ ।
यो रोग व्यवस्थापनका लागि कुनै पनि विषादीजन्य विधिहरु उपलब्ध नभएको कारण केरा बगैचामा प्रयोग भएका सम्पूर्ण सामाग्रीहरुलाई निर्मलीकरण गरेर नै रोगलाई एकठाउबाट अर्को ठाउँमा फैलनबाट रोक्न सकिन्छ ।

पानामा रोगको लक्षण

यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुन्छ । त्यसपछि, पातको किनारा पहेँलिन थाल्छ र पात सुकेर डाँठ भाँचिन्छन् । यो रोगको ढुसी विरुवामा आक्रमण गरेको ४ देखि ५ महिना पछि विरुवामा लक्षण देखाउँछ र तथापि रोग संक्रमित विरुवा रोपण गरेमा रोग लागेको दुई महिना भित्र लक्षणहरु देखिन सक्छन । सुरुको अवस्थामा पुराना तथलका पातको किनाराहरु पहेलो हुने र विस्तारै विचतिर फैलदै विस्तार मरेर लत्रिने र नयाँ पात पनि आउने क्रम रोकिन्छ ।
केराको खाथमहरु फुट्न थाल्छन विरुवा मर्नु भन्दा पहिला जराबाट धेरै नयाँ पालुवाहरु आउन थाल्छन । रोगको प्रकोप बढी भएको अवस्थामा केरामा फल लाग्दैन लागे पनि कोसाहरु साना हुन्छन ।
थाम ठाडो चिरेरभित्र हेर्दा खैरो गानाबाट टुप्पातिर फैलिएको देखिन्छ । जराहरू कालो हुन्छन् र सड्छन्, राता र खैरा धर्साहरु भित्र पटिको भागमा स्पष्ट देखिन्छन यी धर्साहरु विस्तारै थामको माथि तिर बढ्छ । यो ढुसी माटोमा बस्छ र जराबाट विरुवा भित्र पस्दछ ।
यस ढुसीले बोटको नसा बन्द गराइदिन्छ जसका कारण बोटलाई माटोबाट प्राप्त हुने पानी र पोषक तत्वको आपुर्ति बन्द हुन्छ र बोटहरु मर्न थाल्दछन ।


निसंक्रमण विधि
डिकन्टामिनेसन प्याडमा रोकिनुहोसः केरा फार्म वा केरा खेती भइरहेको क्षेत्रभित्र प्रवेश गनेर्् सम्बन्धित औजार वा मेसिनरी वा ट्याक्टर वा केरा बोक्ने गाडी तथा तिनका चक्कालाई प्रवेश विन्दुमा निसंक्रमण गर्नका लागि निर्धारण गरिएको स्थलमा रोकिएर सरसफाई गरेर मात्र प्रवेश गर्ने ।
निसंक्रमण गर्ने व्यक्तिले पिपिइ लगाउने
पानीले स्प्रे प्रयोग गरि सफाई गर्ने
डिकन्टामिनेट स्प्रे गन्ै
निसंक्रमण गरिएको रेकर्ड राख्ने
प्रवेश निषेध गर्ने
केराको कोसा मात्र बोक्ने
बगैचा सिल गर्ने


सङ्क्रमण देखिएको बारीबाट अर्को बारीमा जाँदा जुत्ता, चप्पलमा लागेर गएको माटोले अर्को बारीमा पनि सङ्क्रमण फैलिने खतरा हुने भएकाले सङ्क्रमण देखिएको केराबारीमा प्रयोग भएको औजार, सवारीसाधनको चक्का, मानिसको चपपल वा खुट्टाबाट पनि रोग सर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने, रोगको सङ्क्रमणबाट बच्नको लागि बारीमा जाँदा हात र खुट्टामा प्लास्टिकको प्रयोग गर्ने, औजारको प्रयोग गर्दा सेनिटाइजरले निर्मुलिकरण गर्ने, सकेसम्म एउटा बारीमा गएको सवारीसाधनलाई अर्को बारीमा जानबाट रोक लगाउनेलगायत उपाय अपनाउन सकिने निर्देशनमा उल्लेख गरिएको छ ।