राप्रपासँग त परजाहोस ओली–प्रचण्डसँग पनि तत्काल सहकार्य हुँदैन् : प्रसाई

राप्रपासँग त परजाहोस ओली–प्रचण्डसँग पनि तत्काल सहकार्य हुँदैन् : प्रसाई
  • २ फाल्गुन २०८०, बुधबार ११:१३

काठमाडौं व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले राप्रपासँग वार्ता नहुने दाबी गरेका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रसाईँसँग भेटेपछि वार्ता गर्नको लागि समिति बनेपनि तत्काल वार्ता नहुने उनले बताएका छन्।

mulpatra

आफ्नो अभियान अब लघुवित्त, सहकारीहरूलाई गाउँ पस्न रोक्दै आम हडतालको तयारीमा जुटेको उनले बताए।

दुर्गा प्रसाईँ राप्रपामा भित्रिन्छ भन्ने कुरा कल्पना भन्दा बाहिरको कुरा हो। म राप्रपाका मान्छे त ल्याउँदिनँ भित्रने कुरा नगर्नुस्। हिजो बिहान आएर हात मिलाएर दिउँसो आउँछु भने आएनन्। यस्तो नाटक गर्नेसँग सहकार्य नहुने उनले जानकारी दिए।

mulpatra mulpatra mulpatra

भोलिदेखि हाम्रो अभियान सुरु हुन्छ। अब यो आन्दोलनले तस्कर र नेताका घरमा ढुंगा हान्छन्। अब नेता नलखेटी हुँदैन। गाडी र यातायात व्यवसाय पनि बन्द हुनेगरी आन्दोलन हुने उनले जानकारी गराए। ‘काठमाडौंका नाका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द गर्छौँ। म तपाईँहरू हिँडेर यहाँ आउनुपर्दैन। उही महेन्द्र राजमार्गमा सुत्ने हो।’ उनले भने, ‘म एमालेको केन्द्रीय सदस्य छँदै छु नि त्यो भन्दा अलिक गतिलो पार्टी। आन्दोलन बिथोल्न रहेछ। राप्रपासँग मात्रै नभएर ओली प्रचण्डसँग पनि केही नभएर वार्ता गर्नु।’

समितिमा धवलशम्शेर राणा र हेमजंग गुरुङ रहेका छन्। तर, प्रसाईँले राप्रपाले आफ्नो अभियानमा सहयोग गर्न नभई बिथोल्न खोजेको उनको आरोप छ।