Close

Recent Posts

राप्रपा आन्दोलन ओलीलाई प्रधानमन्त्री र एमाले सत्ता ल्याउन मात्र भएको प्रसाईको दाबी

  • ३ फाल्गुन २०८०, बिहीबार ०६:१४

काठमाडौं– राप्रपाले गर्न लागेको आन्दोलनमा एमाले अध्यक्ष केपी शर्माको स्वार्थ रहेको रहेको मेडिकल व्यवसायी र नागरिक बचाउ महाअभियानका संयोनक दुर्गा प्रसाईले आरोप लगाएका छन्। प्रसाईले राप्रपाले गर्ने भनिएको आन्दोलन एमालेलाई सत्ता ल्याएर ओली प्रधानमन्त्री बनाउन लागि भएको बताएका छन्।

mulpatra

राप्रपालाई जनताले पत्याउन छाडेपछि फेरी जनता झुक्याउन राजतन्त्र र हिन्दु राष्ट्रको भ्रम फयाल्न थालेका छन्। राप्रपाले १७ वर्ष सत्ताका लागि राजनीतिक गर्दा राजतन्त्र र हिन्दु राष्ट्रको नाम बेचेर खाएको प्रसाईको आरोप छ।

अहिले एमालेले सरकारविरुद्ध आन्दोलन गर्दा सहयोग गर्छु भनेका कारण राप्रपा आन्दोलनमा होमिन लागेको हो। राप्रपाले बोकेका नारा जनताले अब पत्याउन छाडेको र राप्रपाले हिन्दु राष्ट्रसहित राजतन्त्र ल्याउँछ भन्ने जनताले विश्वास नगर्ने प्रसाईको दाबी छ।

mulpatra mulpatra mulpatra

‘राप्रपा आफै सकिन लागेका कारण एमालेको पुच्छर भएर आन्दोलन गर्ने लागेको हो। अहिले पनि बालकोटले के भन्छ त्यही अनुसार राप्रपा चलेको छ।’ उनले भने।

राप्रपाले गर्न लागेको आन्दोलन न त राजसंस्था ल्याउनका लागि हो, न त हिन्दुअधिराज्य स्थापनाका लागि हो, न त सर्बहारा बर्ग र भुइँ–मान्छेका लागि नै हो,न त ?
ब्यापारिक बर्गको गाँस बास कपासको एजेन्डा स्थापना गर्न वा उनिहरुको उद्धार गर्नका लागि हो। राप्रपाको आन्दोलन त केवल प्रचण्ड सरकार ढालेर केपी ओलीलाई स्थापित गर्न र आफू पनि सत्तामा गएर रजगज गर्ने खेल मात्र हो।’ प्रसाईले फेसबुक स्टाटसमा लेखेका छन्।

प्रसाईंले आफ्नो महाअभियानका क्रममा ‘भ्रष्टाचारी’, ‘तस्कर’ आदि विशेषण दिएर उनले केही व्यक्तिको नाम पनि सार्वजनिक गर्ने कार्यक्रम पनि छ। १६ जना व्यापारी र बाँकी राजनीतिक दलका नेताहरू छन्। उनीहरूलाई सार्वजनिकरूपमै ‘तस्कर’ र ‘भ्रष्टाचारी’ घोषणा गर्ने समेत प्रसाईको सचिवालयले जनाएको छ। प्रसाईले गत वर्षदेखि देशव्यापी रुपमा महाअभियान चलाउँदै आएका छन्।

Image Source: © https://mulpatra.com

प्रसाईले बैंकको उच्च ब्याजदर एक बिन्दुमा ल्याउनु पर्ने माग, धितो लिलामी गर्न नपाउने, पत्रपत्रिकामा फोटो राख्न नपाउने, २० लाखसम्म ऋण मिनाहाजस्ता माग राखेर सडक आन्दोलन गर्दैै आएका छन्।