समाजवादी मोर्चाको संयोजक विप्लव

समाजवादी मोर्चाको संयोजक विप्लव
  • ६ फाल्गुन २०८०, आईतवार ०५:११

काठमाडौं–समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र्र (विप्लव)चयन भएका छन् । आइतबार बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजकमा चयन गरेको हो ।

mulpatra

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मोर्चाको नेतृत्व सम्हालेका थिए । आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार विप्लव संयोजकमा चयन भएका हुन् । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र जसपा आबद्ध छन् ।

नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । चार–चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले र त्यसपछि माधव कुमार नेपालले सम्हालेका थिए ।