प्रसाई कि जनता ठग्ने एनआइसी एशिया बैंकलाई कारवाही गर्नुपर्ने हो : प्रसाई

काठमाडौं– एनआइसी एशिया बैंकबाट महिना दिनमा १४ अर्ब पैसा बचतकर्ताले निकालेका छन्। गत साता व्यवसायी दुर्गा प्रसाईँले एनआइसी एशिया बैंक डुब्न लागेको भन्दै आफनो फेसबुकमा एउटा स्टाटस लेखे। एनआईशी एशिया बैंकको नाम नै तोकेर सामाजिक सञ्जालमा लेखेका छन्, ‘एनआईशी एशिया बैंक डुब्दै, आफ्नो बचत निकाल्नुहोला । सञ्चालक भागे भने सहकारीको जस्तो हालत होला । बेलेमा होस पु¥याउनु होला ।’
प्रसाईको भनाईलाई आधार मान्दै बचतकर्ताले आफ्नो बचत झिक्न थालेका छन्। थुप्रैले साच्चै एनआईसी बैंक डुब्न लागेको हो भन्दै समाजिक सञ्चालमै चासो व्यक्त गर्न थाले। पछिल्लो एक महिनामै निक्षेपकर्ताले एनआइसी एसिया बैंकबाट १४ अर्ब रुपैयाँ निक्षेप निकालेका छन्।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको निक्षेप विवरणअनुसार एनआइसी एसियाको पुसमा ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ थियो। तर, माघमा भने ३ खर्ब ६७ अर्ब ६८ करोडमा खुम्चिएको छ। यो बैंकिङ क्षेत्रका खराब हो।
नेपालमा हाल २० वटा बाणिज्य बैंक छन्। १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी छन्। ती बैंक तथा वित्तीय संस्थाको नियमकारी निकाय नेपाल राष्ट्र बैंक हो।
केन्द्रीय बैंकले स्थलगत, गैरस्थलगत र विशेष अनुगमन गर्दा एनआईशी एशिया बैंक सन्तोषजनक अवस्थामा रहेको केन्द्रीय बैंकका सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए। अनुगमन गर्दा बैंकको लिक्विडिटी पोजिसनलाई प्राथमिकता दिएर हेर्ने हो। अहिले यो बैंकको सबै ठिक छ। त्यही भएर डुब्छ भन्ने हल्ला मात्र भएको उनले बताए। ‘नाफामा आएको गिरावटका कारण पुँजी पर्याप्ततामा दबाब परेको चाहि सत्य हो। यसको सीडी रेसियो ७७.१८ प्रतिशत छ।’ उनले भने।
एनआइसी बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रूपैयाँ रहेको छ । केन्द्रीय बैंकको प्रावधानअनुसार बाणिज्य बैंकहरूको न्यूनतम चुक्तापुँजी ८ अर्ब रूपैयाँ हो।
यो बैंकसँग ३ खर्ब ८१ अर्ब ३९ करोड ६० लाख रूपैयाँ निक्षेप छ । ऋण लगानी ३ खर्ब २ अर्ब ६५ करोड ५० लाख रूपैयाँ छ। ४ अर्ब १२ करोड फिक्स्ड एसेट छ भने ३ अर्ब ४० करोड रूपैयाँ गैरबैंकिङ सम्पत्ति छ। १ अर्ब ३८ करोड ७० लाख कर्मचारी खर्च छ भने कार्यालय सञ्चालन खर्च १ अर्ब ८ करोड ७० लाख रूपैयाँ छ।
प्रसाईले आज जनताका लागि बोल्ने होइन जनताको पैसा उठाएर ठगि गर्ने बैंकलाई कारवाही गर्नुपर्ने बताएका छन्। बैकले नक्कली नोटसहित अवैध आर्थिक गतिविधि गरिरहेको छ। एनआइसी बैकले गरेको सबै गतिविधि देखिको छ। यो बैंकलाई तत्काल कारवाही गर्नुपर्ने उनको माग छ ।
‘सुनसरीबाट करिब २ करोड नक्कली नोट बरामद भयो जसमा एनआएसी बैंकको ट्याग थियो ,अब भन्नुस् राज्यले मलाई कारबाही गर्ने कि एनआइसी बैंक लाई’ उनले प्रश्न गरेका छन्।