रुसमा नेपालीको मृत्यु ‘न शव, न क्षतिपूर्ति’

काठमाडौं–बेरोजगारीका कारण रुस पुगेका नेपाली अहिले ‘मर्नु कि बाच्नु’ को अवस्थामा पुगेको बताउँछन्। देशभित्र अवसर नभएर रुसी सेना भर्ती हुन् पुगेका पाल्पाका विकास कटुवाल हालै त्यहाँबाट भागेर नेपाली फर्किए। उनी रुसी सेनामा भर्ती भएको तीन महिनापछि आफनो ज्यान बचाएर स्वदेश फर्किएका हुन्।
रुसी सेनामा भर्ती भएको नेपाली कसरी बाँचेर फर्किनु भनेर बसेको उनले बताए। ‘रुसी सेनामा भर्ती भएका नेपालले पैसाकै लोभमा गएका हुन्। त्यहाँ जानुको मुख्य उद्देश्य पैसा कमाउनुनै हो।’ उनले भने।
उनीजस्तै रुसी सेनामा भर्ती भएका पोखरा ललित गुरुङलाई बाँचेर स्वदेश फर्किन्छु जस्तो लागेको थिएन। देशमा भनेजस्तो काम नभएका उनी यूएई हुँर्दै रुसी सेनामा भर्ती हुन पुगेका थिए। रुसी सेनामा ९ लाख नेपाली तिरेर भर्ती हुन् पुगेको गुरुङले बताए। ‘नेपालमा काम पाइदैन्। जहाँ पैशा कमाइहुन्छ। त्यहाँ जानुप¥यो। नत्र परिवार कसरी पाल्नु।’ उनले भने। रुस जाँदा नौ लाख र स्वदेश फर्किदाँ ४ लाख खर्च भएको उनले बताएका छन्।
विकास र ललित जस्ता ७ हजारभन्दा बढी नेपाली रुसी सेनामा भर्ती भएको सरकारको अनुमान छ। रुसी सेनाबाट फर्किएका युवाहरुले भने रुसमा १५ हजारभन्दा बढी नेपाली त्यहाँको सेनामा भर्ती भएका छन्। भने ६ सयभन्दा बढी घाइते भएको उनीहरुको अनुमान छ।
रुसी सेनामा भर्ती मस्को पुगेका २ हजारभन्दा बढी नेपाली अलपत्र अवस्थामा बसेको पाइन्छ। रुसी सेनामा भर्ती भएको जसरी पनि भाग्न खोजीरहेका छन्। तर उनीहरुले भाग्न सहज नभएको कारण त्यहाँको आर्मीमा बस्न बाध्य भएको ललित बताउँछन्। रुसी सेनामा भर्ती भएका नेपालीलाई त्यहाँको सेनाले अशब्द बोलेर गाली गर्नेगरेकाmे उनको गुनासो छ।
रुस–युक्रेन युद्धमा लड्ने क्रममा १३ नेपाली नागरिकहरूको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।
स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा–१ का रूपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम–५ इलामका गंगाराज मोक्तान, कुन्दन सिंह नागल, प्युठान नगरपालिका–४ काठेवरका सोनु सुनार, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की र लमजुङ दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुसी सेनामा भर्ती भएपछि मृत्यु भएको परारष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूको शव अहिलेसम्म कहाँ छ भने जानकारी नभएको मन्त्रालयले बताउँदै आएको छ।
मृतकका परिवारले पाउने क्षतिपूर्ति र घाइते भएका नेपालीको हकमा पनि क्षतिपूर्ति दिनुपर्ने भन्दै परराष्ट्र मन्त्रालयले पत्रचार गरेपनि के कति पाउने भन्ने अहिलेसम्म निश्चित छैन।
नेपालले भने क्षतिपूर्तिको मात्रसहित नै पत्रचार गरेको हो। मन्त्रालय स्रोतका अनुसार मृतकका हकमा ९० लाख ८१ हजार ६ सय रुपैयाँ र घाइतेका हकमा ४१ लाख ५१ हजार ६ सय रुपैयाँ माग गरिएको हो।
सरकारले रुसी सेनामा भर्ती नगराउन र त्यहाँ मृत्यु भएको नेपालीको शवसहित परिवारलाई क्षतिपूर्ति माग गरिरहको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। उनका अनुसार रुसी सेनामा भर्ती भइ मृत्यु भएको नेपालीको शवको बारेमा अहिलेसम्म जानकारी त्यहाँको सरकारले दिएको छैन।
सरकराले क्षतिपूर्ति माग गरेको विषयमा रुस भने सहमत भएको उनले बताए। ‘दूतावासको पहलमा रुसी सेनामा भर्ती भएको स्वीकार्दै मृतक परिवारलाई क्षतिपूर्ति दिन रुस सहमत भएको छ। रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने यकिन विवरण छैन। त्यसैले विवरण पनि मागेका छौँ।’ उनले भने।
रुसमा रहेका परिवारका सदस्यलाई स्वदेश फर्काउन पहलका लागि माग गर्दै तीन सयजनाभन्दा बढी परिवारले कन्सुलर सेवा विभागमा निवेदन दिएको परराष्ट्रले जनाएको छ। रुसी सेनामा कार्यरतमध्ये चार दर्जनभन्दा बढीको मृत्यु भएको भन्दै शव ल्याइदिन माग गर्दै परिवारका सदस्यले निवेदन दिएका छन्। मृत्यु भएको अनुमानसहित निवदेन आएका कारण यसै भन्न सक्ने अवस्था नभएको मन्त्रालयको भनाइ छ।
क्षतिपूर्ति पठाउन तयार भए पनि युद्धमा मारिएका नेपालीको शव पठाउन भने रुस सरकारले आनाकानी गरिरहेको परराष्ट्र मन्त्रालयका कर्मचारीहरू बताउँछन्।
मन्त्रालयका अनुसार मृतकका परिवारले कति रकम बराबरको क्षतिपूर्ति पाउँछन् भन्ने यकिन भइसकेको छैन।
हाल कति जना नेपाली युवा रुसी सेनामा भर्ना भएका छन् भन्ने यकिन तथ्यांक छैन। अमेरिकी समाचार संस्था सीएनएनले १५ हजारभन्दा बढी नेपाली रुसी सेनामा भर्ती भएको र २ सय जनाभन्दा बढी घाइते भएको समाचार प्रकाशित गरेको छ।
रुसमा कहिलेदेखि नेपाली भर्ती हुन् पुगे भन्ने सरकारसँग प्रमाण छैन। तर एक वर्षयता नेपाली रुसी सेनामा भर्ती हुन् पुग्नेगरेको पाइन्छ।